२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको आकासमा विहानैदेखि जहाज घुमेको-घुम्यै ! छिनमै बस्छ, छिनमै उड्छ किन ?

२०७८, ७ असार सोमबार ०४:१७

असार ७, काठमाडौं । बिहानैदेखि काठमाडौँको आकासमा हिमालय एयरलाइन्सको जहाज घुमेको घुम्यै गरेको दृश्य देखिएको छ । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले बस्ने त कहिले उड्ने गरिरहेको छ । 

कतिपयलाई यो दृश्यले अचम्म लाग्नु स्वभाविकै हो । प्राय हेलिकप्टरहरुले आकासमा राउण्ड लगाइरहेको दृष्य सामान्य हो तर अन्तराष्ट्रिय उडानले आकासमा चक्कर लगाईरहेको दृश्य एयर ट्राफिक जामको अवस्थामा वा अवतरणको क्रममा मौषम खरावीको अवस्थामा देख्न सकिन्छ । 

सोमबार काठमाडौँको मौषम सफा छ । एयर ट्राफिक जामको कुरा त झन् अहिलेको अवस्थामा हुने कुरै भएन । यस्तो अवस्थामा यस्तो किन भइरहेको छ ? प्रश्नको विषय हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँको आकासमा बिहानैदेखि घुमिरहेको उडानको तालिका आइतबारनै तय भएको तालिका हो । काठमाडौँको आकासमा पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेका छन् । यसै कारणले आकासमा हिमालय एयरलाइन्सको अन्तराष्ट्रिय उडान घुमिरहेको छ ।


बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौका छोपेर आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । यसै कारणले छिनछिनमा उडान भईरहेको छ ।

केहि दृश्य हेर्नुहोस् । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं