पढ्न करिब 1 मिनेट लाग्छ

कमल घिमिरे।असार८। ,पाँचथर को कुम्मायक गाउँपालिकामा २५ वर्षिय १० दिनको सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

कुम्मायक ५ का ति महिलाको असार ४ गते एन्टिेजेन्ट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । अक्सिजनको मात्रा कम भएपछी जिल्ला अस्पताल लगिएको थियो । पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारको लागी विर्तासिटी असपताल झापा लगिएको थियो । विर्तासिटिमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । महिलाको श्रीमान र नानीमा पनि कोरोना पोजेटिभ देखिएको छ । श्रीमान र बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको गाउँपालिका प्रमुख जय बहादुर चेम्जोङले जानकारी दिए ।