२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो, यस्ता छन् निर्णयहरु

२०७८, १४ असार सोमबार ०७:०७

असार १४, काठमाडौँ । काठमाडौं उपत्यकामा भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सोमबार बिहान बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

भोलिबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा बिहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म मात्र संचालन गर्न दिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । त्यसरी चल्ने सार्वजनिक यात्रु बाहक सवारी साधनले स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप एक साता लम्बाउने निर्णय गरेको उनले बताए । कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञालाई खुकुलो पार्दै लगिएको छ । 

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी निषेध आदेश

कोड-१९ महामारीको रोकथाम तथा सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्) को निर्णय, कोमिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७० को दफा र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७६/०३/१५ गतेबाट २०७६/०३/२१ गते सम्म लागू हुने गरी तपसिल बमोजिमको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

क. संचालन गर्न नपाइने कार्यहरु

१. सभा सम्मेलन व्यवसाय तथा नित्य पूजाको हकमा सबै प्रकारका सभा, सम्मेलन, गोडी लालिग, रोमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न नपाउने

ख. खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, मिडभाड गर्न, सभा जुलुस, जात्रा महोत्सव, भोज भतेर आदि गर्न गराउन नपाउने 

ग. विवाह बन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने।

घ. पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाउने । 

२. शैक्षिक संस्थाहरु विद्यालय, कलेज, टयूसन सेन्टर, तालिम केन्द्र) ले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु संचालन गर्न गराउन नपाउने । 

३. सवारी साधन उपत्यका आवत जावतको हकमा

क. अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र अन्य जिल्लाबाट सवारी पास लिई आएका बाहेक अन्य सवारी साधन काठमाडौँ जिल्ला भित्र प्रवेशमा रोक लगाउने

ख. अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरेमा अन्तर जिल्लामा आवत जावत गर्न सहजीकरण गरिने ।

ख. संचालन गर्न सकिने कार्यहरु:

१. सर्वसाधारणको आवतजावतको हकमाः

क. घरबाट बाहिर निस्किदा दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्ने । अनिवार्य रुपले मास्कको प्रयोग गर्ने पटक पटक साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने 

२. शैक्षिक संस्था, कृषि, उद्योग तथा निर्माण कार्यको हकमा

क. शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठन पाठन कार्यहरु सञ्चालन गर्न सक्ने । ख. वैदेशिक अध्ययनमा जानु पर्ने विद्यार्थीहरु, EDV परेका व्यक्ति र कुटनैतिक नियोगबाट संचालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी संचालन गर्न सक्ने। भाषा परिक्षाको हकमा जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिई स्वास्थ्य मापदण्डको पालना गर्ने गरी संचालन गर्न पाउने। 

ग. उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने।

३. औषधी तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाद्य सामग्री तथा अन्य व्यापार व्यवसायको हकमा

क. औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्ने । 

ख. खाद्यान्न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरु, खेलकुद सामग्री पसल, स्टेशनरी पुस्तक पसलहरु साँझ ६:०० बजेसम्म संचालन गर्न पाउने।

ग. डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साड़ी, गिफ्ट आइटम, टेलरिङ्ग, सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरूम, अटोमोबाइल पार्टस् पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्यूटर पसल) र निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर पसल, बिजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर, कार्पेटिड) लगायत अन्य पसल / व्यवसाय बिहान ११:०० बजे देखि साँझ ६:०० बजे सम्म संचालन गर्ने ।।

घ. अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७:०० बजेसम्म संचालन गर्ने 

ड. सवारी साधन मर्मतका लागि वर्कशपहरु साँझ ७:०० बजे सम्म संचालन गर्ने।

च. पसल तथा व्यवसाय संचालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने अनिवार्य रुपमा स्पानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने। यदि तोके बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्न सकिने ।

विवाह तथा व्रतबन्धको हकमाः 

क. विवाह तथा प्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा गर्ने

ख. विवाह वा व्रतबन्धको हकमा २ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी ब्यानरका आधारमा आवतजावत गर्ने ।

५. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा

क. अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध (औषधी, अक्सिजन सिलिण्डर), दूरसंचार, इन्टरनेट मर्मत कार्गो, कुरियर तथा डाँक सेवा र फोहोरमैला व्यवस्थापन सम्बन्धी ढुवानीका साधनहरुमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी निर्वाध रुपमा संचालन गर्ने । ख. स्वास्थ्यकर्मी, पशुस्वास्थ्यकर्मी, एम्बुलेन्स, बिरामी बोकेको सवारी साधन तथा स्वास्थ्य सामग्री ढुवानी गर्ने

सवारी साधन स्वास्थ्य मापदण्ड पालना गरी निर्वाध रुपमा संचालन गर्ने था निजी सवारी साधन (कार, जीप, भ्यान बढीमा चारजना ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल / स्कुटर समेत जोर बिजोर प्रणाली लागू (जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर) गरी संचालन गर्ने ।

घ, काठमाडौं उपत्यका भित्र मात्र संचालन हुने २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रुबाहक सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी यात्रु नराख्ने गरी बस्ने व्यवस्था मिलाउने, चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पऊजा लगाउनु पर्ने अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नु पर्ने सार्वजनिक सवारी साधन बिहान ६:०० बजे देखि साँझ ७:०० बजेसम्म मात्र संचालन गर्ने।

ङ, सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपले संचालन गर्ने।

च. तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने मास्क / साबुन / स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, बीउ लगायतका सामग्री ढुवानीका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्ने स्थानीय ढुवानी बिहान ९:०० बजे देखि ११:०० बजेसम्म र अपरान्ह ४:०० देखि ७:०० बजेसम्म संचालन गर्न नपाउने।

छ. सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी बेलुका ९:०० बजे देखि बिहान ५:०० बजे सम्म संचालन गर्ने। ज भन्सार विन्दुबाट Exit Note जारी भएका मालवाहक सवारी साधनमा उल्लेख गरेको दिन र स्थानसम्म आवतजावत गर्न पाउने । 

झ. पत्रकार तथा सञ्चारकर्मीलाई सूचना तथा प्रसारण विभागको प्रेस पासका आधारमा आवत जावत गर्ने सूचना तथा प्रसारण विभागको प्रेस पास नभएका संचारकर्मी/ कर्मचारीको हकमा आधिकारिक निकायमा दर्ता भएको सम्बन्धित संचार गृहको परिचयपत्रका आधारमा आवत जावत गर्न सकिने । 

६. सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको हकमाः

क. विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुने व्यवस्था मिलाई आलो पालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा प्रवाह सुचारु गर्ने।

ख. बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैर सरकारी संस्थाहरु स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्ति परिचालन गरि भीडभाड कम हुने गरि वैकल्पिक उपाय अवलम्बन गरि संचालन गर्ने। 

७. उल्लिखित आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यसको अवज्ञा गर्नेलाई कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारवाही गरिनेछ । संक्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरु कुनै पनि बेला पुनरावलोकन गर्न सकिनेछ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु