2026-09-12 06:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा २७ प्रतिशत रोपाईँ सम्पन्न

कमल घिमिरे।असार१५।पाँचथर, पाँचथर जिल्लामा असार पन्ध्र सम्म आइपुग्दा २७ प्रतिशत धान रोपिएको छ ।

अघिल्लो वर्ष यही समयमा २३ प्रतिशत रोपाईँ भएको थियो । गत वर्षको तुलनामा ४ प्रतिशत बढी रोपाई भएको कृषी ज्ञान केन्द्र प्रमुख सागर विष्टले बताएका छन् । कृषी ज्ञान केन्द्रका अनुुसार पाँचथरमा ९२०३ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिन्छ । जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिका धान खेतीको लागी मुख्य क्षेत्र मानिन्छ ।  यो वर्ष समयमानै मनसुन सुरु भएका कारण रोपाईँ सहज भएको कृषकहरुले बताएका छन् ।

जिल्लामा सामान्यतया असारको पहिलो हप्ता रोपाईँ सुरु भइ साउनको तेस्रो हप्ता सम्ममा सम्पन्न गर्ने गरिन्छ । कतिपय ठाउँमा आकाशे पानिको भर पर्नु पर्ने भएकोले मनसुन सकृय हुँदा रोपाईँ चाँडो सकिने र नहुँदा ढिलो हुने बताइएको छ । जिल्लामा सख्खा,बेलकुटी, जमारा लगायत जातका धान रोप्ने गरेको ज्ञानकेन्द्र प्रमुख विष्टले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग