पढ्न करिब 1 मिनेट लाग्छ

साउन ८, काठमाडौँ (रासस) : खोटाङको खर्मी केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५७ मिनेटमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।

केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईका अनुसार सो भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ ।

सो भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।