२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

न्याय मिल्यो, उपचार मिलेनः काकाससुराले मिर्गौला दान गर्न पाउने

१७ भाद्र २०७८, बिहीबार ०७:५२

चन्द्रकला भण्डारी। भदौ १७, झापा (रासस)। सर्वोच्च अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ । 

यसअघि मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कानुनमा व्यवस्था नभएको भन्दै तीन साताअघि प्रत्यारोपण रोकेको थियो ।

काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारीलाई मिर्गौला दान दिने मञ्जुरीसहित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको थियो । काकाससुराको मेडिकल जाँचको अन्तिम रिपोर्टमासमेत प्रत्यारोपण गर्न मिल्ने भनिएको थियो । तर कानुनी अड्चन देखाउँदै केन्द्रले प्रत्यारोपण गर्न मानेन् ।

केन्द्रले कानुनी अड्चन देखाएपछि गीता भण्डारीले सर्वोच्च अदालतमा काकाससुराले मिर्गौला दिन पाउने व्यवस्था गराइपाउँ भनी रिट दर्ता गर्नुभएको थियो । रिट दर्ता भएको एक महिना पुग्नै लाग्दा आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको इजलासले काकाससुराबाट मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको हो ।

भण्डारीको पक्षबाट बहस गर्नुभएका अधिवक्ता टीकाराम भट्टराईले काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारी गीता भण्डारीलाई मिर्गौला दान दिन मिल्दैन भन्ने भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्णय बदर भएको बताउनुभयो ।

सर्वोच्च अदालतको सो सम्बन्धी फैसलामा जीवन रक्षा मौलिक हकको विषय भएको हुँदा बुहारीको जीवनरक्षाका लागि काकाससुराले मिर्गौला दान दिन मिल्ने प्रष्ट उल्लेख गरिएको अधिवक्ता भट्टराईले बताउनुभयो । यो फैसला नजिर बन्ने भएकाले अबदेखि नेपालमा काकाससुराले पनि मिर्गौला दान गर्न मिल्ने भएको छ ।

“अब ससुरासरहका काकाससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अङग दान गर्न चाहेमा चिकित्सकीय रीत पुर्याई मिर्गौला प्रत्यारोपण गर्नु गराउनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ”–अदालतको आदेशमा उल्लेख छ ।अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने न्यायिक फैसला गरे तापनि सुनुवाइको बिलम्बले गर्दा पीडित पक्षले उपचार भने पाउन सकेन । अदालतको आदेश पर्खिंदा बिरामीको अवस्था झन् नाजुक हुँदै जाने र कानुनी अड्चनले तनाव बढ्दै गएको कारण मिर्गौला प्रत्यारोपणका लागि भण्डारी परिवार भारतको दिल्लीस्थित फोर्टिज अस्पताल पुगेको छ ।

भारतमा काकाससुराले मिर्गौला दान दिन पाउने कानुनी व्यवस्था भएका कारण दिल्ली जानु परेको जनाउँदै भण्डारीका पति देवीचरण भण्डारीले बताउनुभयो । “सर्वोच्च अदालतको फैसलाले न्याय पाएको अनुुभूति मिलेको छ”, उहाँले भन्नुभयो, “फैसला पर्खिंदा उपचारमा बिलम्ब हुने भएको हुँदा हामी गीताजीलाई लिएर दिल्लीमा छौं । गीताजीले स्वदेशमै प्रत्यारोपणको उपचार भने पाउनसक्नु भएन ।”

दिल्लीमा प्रत्यारोपण अघिको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै प्रत्यारोपण हुने उहाँले जानकारी दिनुभयो । आफ्नो परिवार कानुनी अड्चनका कारण उपचार पाउनबाट वञ्चित हुनु परे तापनि अब उप्रान्त नेपालीले प्रत्यारोपणमा आफूहरुले जस्तो समस्या भोग्नु नपर्ने कुराले खुशी तुल्याएको उहाँको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य