2026-09-12 04:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

न्याय मिल्यो, उपचार मिलेनः काकाससुराले मिर्गौला दान गर्न पाउने

चन्द्रकला भण्डारी। भदौ १७, झापा (रासस)। सर्वोच्च अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको छ । 

यसअघि मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नेपालको कानुनमा काकाससुराले मिर्गौला दान दिन पाउने व्यवस्था थिएन । झापाको भद्रपुर नगरपालिका–१० की गीता भण्डारीको दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपणको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला भक्तपुरको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कानुनमा व्यवस्था नभएको भन्दै तीन साताअघि प्रत्यारोपण रोकेको थियो ।

काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारीलाई मिर्गौला दान दिने मञ्जुरीसहित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रत्यारोपणको प्रक्रिया अघि बढाइएको थियो । काकाससुराको मेडिकल जाँचको अन्तिम रिपोर्टमासमेत प्रत्यारोपण गर्न मिल्ने भनिएको थियो । तर कानुनी अड्चन देखाउँदै केन्द्रले प्रत्यारोपण गर्न मानेन् ।

केन्द्रले कानुनी अड्चन देखाएपछि गीता भण्डारीले सर्वोच्च अदालतमा काकाससुराले मिर्गौला दिन पाउने व्यवस्था गराइपाउँ भनी रिट दर्ता गर्नुभएको थियो । रिट दर्ता भएको एक महिना पुग्नै लाग्दा आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुँडालको इजलासले काकाससुराबाट मिर्गौला दान गर्न पाउने परमादेश जारी गरेको हो ।

भण्डारीको पक्षबाट बहस गर्नुभएका अधिवक्ता टीकाराम भट्टराईले काकाससुरा नेत्रप्रसाद भण्डारीले बुहारी गीता भण्डारीलाई मिर्गौला दान दिन मिल्दैन भन्ने भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्णय बदर भएको बताउनुभयो ।

सर्वोच्च अदालतको सो सम्बन्धी फैसलामा जीवन रक्षा मौलिक हकको विषय भएको हुँदा बुहारीको जीवनरक्षाका लागि काकाससुराले मिर्गौला दान दिन मिल्ने प्रष्ट उल्लेख गरिएको अधिवक्ता भट्टराईले बताउनुभयो । यो फैसला नजिर बन्ने भएकाले अबदेखि नेपालमा काकाससुराले पनि मिर्गौला दान गर्न मिल्ने भएको छ ।

“अब ससुरासरहका काकाससुरा नेत्रप्रसाद भण्डारीले मिर्गौला अङग दान गर्न चाहेमा चिकित्सकीय रीत पुर्याई मिर्गौला प्रत्यारोपण गर्नु गराउनु भनी परमादेशको आदेश जारी हुने ठहर्छ”–अदालतको आदेशमा उल्लेख छ ।अदालतले काकाससुराले मिर्गौला दान गर्न पाउने न्यायिक फैसला गरे तापनि सुनुवाइको बिलम्बले गर्दा पीडित पक्षले उपचार भने पाउन सकेन । अदालतको आदेश पर्खिंदा बिरामीको अवस्था झन् नाजुक हुँदै जाने र कानुनी अड्चनले तनाव बढ्दै गएको कारण मिर्गौला प्रत्यारोपणका लागि भण्डारी परिवार भारतको दिल्लीस्थित फोर्टिज अस्पताल पुगेको छ ।

भारतमा काकाससुराले मिर्गौला दान दिन पाउने कानुनी व्यवस्था भएका कारण दिल्ली जानु परेको जनाउँदै भण्डारीका पति देवीचरण भण्डारीले बताउनुभयो । “सर्वोच्च अदालतको फैसलाले न्याय पाएको अनुुभूति मिलेको छ”, उहाँले भन्नुभयो, “फैसला पर्खिंदा उपचारमा बिलम्ब हुने भएको हुँदा हामी गीताजीलाई लिएर दिल्लीमा छौं । गीताजीले स्वदेशमै प्रत्यारोपणको उपचार भने पाउनसक्नु भएन ।”

दिल्लीमा प्रत्यारोपण अघिको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनभित्रै प्रत्यारोपण हुने उहाँले जानकारी दिनुभयो । आफ्नो परिवार कानुनी अड्चनका कारण उपचार पाउनबाट वञ्चित हुनु परे तापनि अब उप्रान्त नेपालीले प्रत्यारोपणमा आफूहरुले जस्तो समस्या भोग्नु नपर्ने कुराले खुशी तुल्याएको उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह