२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले गरे हाम्फालेर आ’त्मह’त्या

२०७८, २१ आश्विन बिहीबार ०७:१२

असोज २१ , काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीले आ’त्मह’त्या गरेका छन् ।  काठमाडौँको चाबहिलस्थित निर्माणाधीन घरबाट हाम फालेर बिहीबार बिहान उनले आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

चतुर्वेदीले काठमाडौँ महानगरपालिका ४ स्थित आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट  बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् । घरको चौथो तलामा उनको मोबाइल फेला परेको छ ।

उनी काठमाडौँ महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । श’व पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनको आ’त्मह’त्याको कारण खुलेको छैन ।

तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २९ भदौ २०६८ मा भ्रष्टाचारसम्बन्धी कसूरमा डेढ वर्ष जेल बसेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक