६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूभित्रको कालो बादल हटाउनुस्, स्वतः उज्यालो हुन्छ

१८ कार्तिक २०७८, बिहीबार ०२:०४

कात्तिक १८, काठमाडौं | दीपावली मनाइनुको विभिन्न सांस्कृतिक कारणहरू छन्, तर ऐतिहासिक रूपमा यसलाई नरक चतुर्दशी भनिन्छ, किनकि यस दिन एकदमै क्रुर राजा नरकासुरलाई कृष्णले वध गरेका थिए । त्यही दिनको स्मरणको रूपमा यसलाई भव्य उत्सवको रूपमा मनाइने गरिन्छ । अनिष्ट वा अशुभ कुरा राक्षसहरूको रूपमै आउनुपर्छ भन्ने छैन । तपाईंले देख्दै नदेख्नु भएका राक्षसहरूले भन्दा पनि निराशा, कुण्ठा र उदासिपनले तपाईंको जीवनमा बढी क्षति पुऱ्याउन सक्छन् । दीपावली, आफूभित्र रहेका ती सम्पूर्ण नकारात्मक पक्षहरूलाई समाप्त गर्नको लागि स्मरण गराउने पर्व हो ।

दीपावली शुभ उत्सव हुनुको पछाडि थुप्रै कारणहरू छन् । यस्तो मान्यता छ कि यस दिन कसैलाई धन चाहिएको छ भने, लक्ष्मी आउने छिन् । यदि कसैलाई स्वास्थ्य चाहिएको छ भने, शक्ति आउने छिन् । यदि कसैलाई विद्या चाहिएको छ भने, सरस्वती आउने छिन् । यी सबैकुराले प्रतिकात्मक रूपमा यो दर्शाइरहेका छन् कि यो पर्व खुसियाली र कल्याणको निम्ति हो ।

आफूभित्र स्पष्टता उदय हुन दिनुहोस्

दीपावली प्रकाशको उत्सव हो । दीपावलीमा हरेक शहर, गाउँमा जताततै दीपावली गरिन्छ । तर, यो उत्सव बाहिर दियो बाल्नको लागि मात्रै होइन— तपाईंभित्र प्रकाश उदय हुनुपर्छ । प्रकाश भनेको स्पष्टता हो । यदि स्पष्टता भएन भने, तपाईंमा रहेका सबै गुणहरू वरदान बन्नुको सट्टा अभिशाप बन्दछन् । किनकि, स्पष्टता बिना आत्मविश्वास हुनु दुर्दशा हो । अनि, अहिले संसारमा स्पष्टता बिनै थुप्रै कामहरू गरिँदै छन् ।

आवश्यक स्पष्टता बिना तपाईं चाहे जेसुकै गर्ने प्रयास गर्नुहोस्, त्यो दुर्दशा नै हुनेछ । प्रकाशले तपाईंको दृष्टिमा स्पष्टता ल्याउँदछ— शारीरिक पक्षमा मात्रै होइन । तपाईं जीवनलाई कति स्पष्ट रूपमा देख्नुहुन्छ अनि वरपरको कुरालाई स्पष्ट रूपमा बोध गर्नुहुन्छ भन्ने कुराले तपाईं आफ्नो जीवनलाई कति समझदारीपूर्वक अघि बढाउनुहुन्छ भन्ने कुरा निर्धारण गर्दछ । दीपावली त्यो दिन हो, जब अन्धकारमय शक्तिहरूलाई नष्ट गरिएपछि प्रकाशको उदय भएको थियो । मानिसले अन्त कतैबाट उज्यालो ल्याउनु पर्दैन । यदि उसले आफूभित्र जम्मा हुन दिएको कालो बादलहरू हटाउने हो भने, स्वत: उज्यालो हुनेछ । प्रकाशको पर्वले त्यही कुरा स्मरण गराउँछ ।

यस संस्कृतिमा कुनै पनि पर्वलाई आफ्नो जीवनमा उल्लास र उत्साहले भर्ने साधनको रूपमा लिइन्थ्यो । पहिला यस्तो समय थियो, जहाँ वर्षभरिमा ३६५ वटा चाडपर्वहरू हुने गर्दथे— हरेक दिन एउटा पर्व हुन्थ्यो । पहिले, चाडपर्व भन्नेबित्तिकै पूरै गाउँ वा शहर भेला भएर ठूलो उत्सवको रूपमा मनाउने गर्दथे । आजको कुरा गर्ने हो भने, मानिसहरू वर्षभरिमा ८–१० वटा मात्रै पर्वहरू मनाउने गर्छन्, किनकि थुप्रै मानिसहरू अफिस जानुपर्ने हुन्छ वा अरू दैनिक काममा व्यस्त हुने गर्छन् । दुर्भाग्यवश, अहिले चाडपर्व आउँदा तपाईंले कामबाट छुट्टि पाउनुहुन्छ, अनि तपाईं १२ बजे मात्रै उठ्नुहुन्छ । त्यसपछि, तपाईं टन्न खानुहुन्छ अनि कतै फिल्म हेर्न जानुहुन्छ वा घरमै बसेर टि.भी हेर्नुहुन्छ । यदि बाहिरबाट केही थप्नुभयो भनेमात्र अलिकति नाच्नुहुन्छ । अन्यथा, त्यहाँ नाचगान पनि हुँदैन ।

यदि यस्तै रहन दिने हो भने, आगामी पिँढी सामु कुनै पर्व रहने छैन । उनीहरूलाई पर्व भनेको के हो भन्ने समेत थाहा हुने छैन । कमाउने र खाने, कमाउने र खाने— उनीहरू यहीमात्र गरिरहने छन् । पहिला यस्तो थिएन । पर्व भन्नेबित्तिकै पूरै गाउँ भेला हुन्थ्यो अनि त्यहाँ भव्य उत्सव मनाइन्थ्यो । चाडपर्वमा सवेरै चार बजेतिर उठिन्थ्यो अनि पूरै घरभरि जोडतोडले थुप्रै कामहरू हुने गर्थे । मानिसहरूमा उत्सवको संस्कृति फर्काउनको लागि ईशा योग केन्द्रमा चारवटा मुख्य पर्वहरू मनाइने गरिन्छ: मकर सङ्क्रान्ति (पोङ्गल), महाशिवरात्रि, नवरात्रि अनि दीपावली ।

गम्भीर नबन्ने, तर पूर्णतया संलग्न रहने

यदि तपाईंले हरेक कुरालाई उत्सवको रूपमा लिनुभयो भने, तपाईं जीवनमा गम्भीर नभइकन पूर्ण रूपमा संलग्न रहन सिक्नुहुन्छ । यतिखेर मानिसहरूको समस्या के हो भने, उनीहरूलाई कुनै काम महत्त्वपूर्ण लाग्यो भने, उनीहरू एकदमै गम्भीर बन्दछन् । यदि उनीहरूलाई कुनै काम खासै महत्त्वपूर्ण लागेन भने, उनीहरूमा कुनै जाँगर नभएर शिथिल बन्छन्— उनीहरू त्यसमा संलग्न रहन सक्दैनन् । जब कोही भन्छन्, "ऊ असाध्यै गम्भीर छ", तपाईंले बुझ्न सक्नुहुन्छ कि ऊ अब कता पुग्दैछ ! थुप्रै मानिसहरू यस्तै गम्भीर अवस्थामा रहने गरेका छन् । मानिसहरूको निम्ति जुन कुराले महत्त्व राख्दैन, उनीहरू त्यसमा संलग्न रहन र आफूलाई समर्पित गर्नै सक्दैनन् । यही मुख्य समस्या हो । तर, जीवनको रहस्य सदैव यसमै रहेको छ— सबैथोकलाई गम्भीर नभइकन हेर्ने, तर पूर्ण रूपमा संलग्न र सहभागी हुने । खेल जसरी । यही कारणले गर्दा जीवनको निकै गहन पक्षहरूलाई उल्लासमय रूपमा लिने गरिन्छ, ताकि तपाईं त्यसको मूल कुराबाट नचुक्नुहोस् ।

दीपावली पर्व, तपाईंको जीवनमा उत्सव र उल्लासको पक्ष भित्र्याउनको लागि हो— त्यसैकारण पटका, ताकि तपाईंमा अलिकति अग्नि सल्काउन सकियोस् ! यसको सोच एकदिन मात्रै मनोरञ्जन गर्ने भन्ने होइन । हामीभित्र हरेक दिन त्यो स्थिति हुनुपर्छ । यदि हामी यत्तिकै बस्यौँ भने, हाम्रो जीवन ऊर्जा, हृदय, मन र शरीर जीवन्त भएर बिस्फोटित हुनुपर्छ । यदि तपाईं ओस्सिएको पटाका हुनुभएको छ भने, तपाईंलाई हरेक दिन बाहिरबाट केही चाहिने हुन्छ ।

–सदगुरुको प्रवचनमा आधारित

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ? भोलि एकै समयमा काठमाडौंका तीन ठाउँमा प्रदर्शन पर्यटनमन्त्रीको निर्देशनपछि नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय उडानको भाडादर भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या