२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फेसबुकमा जनप्रतिनिधिको आलोचना गर्दा वडाको सेवा नै प्रतिबन्ध

२७ कार्तिक २०७८, शनिबार ०१:५६

कात्तिक २७, दाङ | सल्यानको बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनौठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । 

'केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएको छ । केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ.' वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्  भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

के हो घटना ? 

घटना बिवाहसँग जोडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी सोही वडाका वडा सदस्यका आफन्त हुन् ।

तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएको भन्दै केसी वडासँग रुष्ट भएका थिए । ‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।

कानुनी रुपमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ