२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कफी उत्पादनमा कास्कीको लोभलाग्दो प्रगति

२०७८, ५ मंसिर आईतवार ०८:३५

मङ्सिर ५, कास्की | पछिल्ला दिनमा कफी संस्कृति निकै बढेको छ । सानादेखि ठूला सहरका चोकचोकमा कफी सप खुलेका छन् । बढ्दो कफी बजारका कारण गण्डकी प्रदेशका किसानहरू कफीमा भविष्य देख्न थालेका छन् । यहाँ बर्सेनि उत्पादन बढ्दै गएको छ भने आम्दानी पनि उक्लदो छ । पाँच वर्षअघि कास्कीमा ४० हेक्टर क्षेत्रफलमा कफी खेती हुने तथ्यांक थियो । अहिले एक सय ६१ हेक्टर हाराहारी जमिनमा खेती हुने तथ्न्छयांक सार्वजनिक भएकाे छ । पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेश कफी उत्पादनका हिसाबले नेपालमै दोश्रो धनी प्रदेश बनेकाे छ । नेपालभर नाै सय नाै हेक्टर क्षेत्रफलमा कफी हुँदै आएको छ ।

गण्डकीमा मात्रै वार्षिक ७६ मेट्रिक टन कफी उत्पादन हुन्छ भने १२ हजार आठ सय ९५ जना कफी किसान छन् । सबैभन्दा धेरै बागमतीमा ११६.१ मेट्रिक टन उत्पादन हुन्छ भने प्रदेश २ मा कफी उत्पादन हुँदैन । सरकारी मूल्यका हिसाबले प्रतिकिलो कफी एक हजार रुपैयाँमा बिक्री हुन्छ । ‘गण्डकीमा उत्पादन भएको कफीमध्ये २५ प्रतिशत बाहिरै जान्छ । बाँकी पोखरा र काठमाडौंका क्याफेहरूमा खपत हुन्छ,’ चिया तथा कफी विकास बोर्ड गण्डकीका प्रमुख चन्द्र पुरीले भने, ‘नेपालको कफी विश्वबजारमा राम्रो माग हुन्छ । तर, अझै उत्पादन सोँचेजति हुन सकेको छैन् ।’

पर्यटकीय राजधानी पोखराका पसलहरूमा विदेशबाट भित्र्याएका कफी खपत हुन्छ । नेपालमा उत्पादन भएका कफी भने विदेश निर्यात हुन्छ । विशेषतः कोरिया, जापान, अमेरिका, जर्मन र अष्ट्रेलियालगायत देशमा यहाँको कफी निर्यात हुन्छ । विदेशबाट भने १५० मेट्रिक टन हाराहारी गण्डकी प्रदेशमा आयात हुन्छ । ‘हामीले विदेश पठाउँदा १३ देखि १५ डलर प्रतिकिलोमा बिक्री हुन्छ । विदेशबाट पाँच डलरमै आउँछ,’ उनले थपे, ‘मूल्य राम्रो पाउन थालेपछि किसानहरू उत्साही छन् । उत्पादन बढ्दै गएको छ ।’ हरेक वर्ष गण्डकीले करिब आठ करोड रुपैयाँ आम्दानी गर्छ ।

‘केही वर्षअघिसम्म कफीको बोट उम्रिए पनि उखेलेर फालिदिन्थ्यौं,’ कास्की ढिकुरपोखरीका किसान कलाधर भुवाईंले भने, ‘अहिले किसानहरूले बुझ्न थाले । बर्षेनि नयाँ बिरुवा रोप्छन् ।’ ढिकुरपोखरीमा मात्रै पाँच हजारदेखि एक लाखसम्म आम्दानी गर्छन् । गोरखाका कफी किसान डिल्लीराम रेग्मीले व्यवसायिक खेती गरेका छन् । ‘सुरूमा कफी रोप्न खाल्डा खन्दा गाउँलेले बौलायो भन्थे । कसैको कुरा सुनिन्,’ विगत सम्झिँदै उनले भने, ‘अहिले राम्रो आम्दानी हुन थालेको छ । जाँगर भए विदेश जानु पर्दैन रहेछ ।’

गण्डकीमा कफीका लागि चाहिने अनुकुल हावापानी र जमिनका कारण यहाँको कफी विदेशी बजारमा समेत लोकप्रिय रहेको विज्ञहरू बताउँछन् । ‘यहाँको हावापानीमा कफीको उत्पादन निकै राम्रो हुन्छ,’ पुरीले भने, ‘सरकारको फोकस पनि यतै छ ।’ हरियो डलर र युरो भित्र्याउने नेपालको एउटा मात्रै बाली कफी हो । पछिल्लो समय कफीमा आकर्षित हुँदै गरेका किसान सिन्दुरे र तुसारोका कारण निराश छन् । गण्डकी प्रदेशभरी गतवर्ष कफी उत्पादन ९० प्रतिशतले घटेको थियो । ‘१८ देखि २२ डिग्री तापक्रम कफीको लागि उत्तम हो । यो वर्ष १० डिग्रीभन्दा पनि कम भयो,’ स्थानीय मनहर कडरियाले भने, ‘पछिल्ला वर्षहरूमा 'क्लाईमेट डिजास्टर' भैरहेको छ । क्षति बढी हुन थालेको छ ।’ नेपालबाट गतवर्ष करिब ४७ मेट्रिक टन कफी विदेश निर्यात भएको थियो । त्यसबाट नौ करोड ६० लाख भित्र्याएकोमा १० करोड ६७ लाखको कफी विदेशबाट आयात गरेको देखिएको छ ।

नेपालभर गएको वर्षमा २९६.५ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको थियो । पछिल्ला वर्षहरूमा विदेशी कफी आयातको आंकडा भने घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६र/०७७ मा पाँच करोडको कफी निर्यात भएकोमा ११ करोडको आयात भएको थियो । पछिल्लो वर्ष आयात र निर्यात करिब बराबर जस्तो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित