८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशनमा प्रविधिकाे उच्च प्रयोग : मत माग्ने नौलो तरिका

१० मंसिर २०७८, शुक्रबार १०:१०

मंसिर १०, काठमाडौं, न्युज कारखाना |  नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरू मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन् । 

देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरूले मिसकल एलर्ट, ओबीडी र बल्क एसएमएसको उच्च प्रयोग गरेका हुन् ।  

एमाले महाधिवेशनमा ओबीडी नौलो प्रयोग हो । आउट बन्ड डायलिङ भनिने ओबीडी प्रविधिमा मोबाइलमै उम्मेदवारको अडियो सुन्न सकिन्छ । भर्चुअल माध्यमबाट तयार गरिएको आफ्नो अडियो सन्देश सम्बन्धित प्रतिनिधिको मोबाइलमा अटो डायल गरी सुनिने व्यवस्थासहित सफ्टवेयर निर्माण भएर ओबीडी प्रयोगमा आएको हो ।  

एमाले महाधिवेशनमा सबैभन्दा पहिला लेखा आयोग सदस्य पदका उम्मेदवार कम्युटर इन्जिनियर सञ्जीव रोकाहाले यसको प्रयोग गरेका थिए । उनले एक घन्टी सर्भिसेस प्रालिबाट यो सेवा प्रयोग गरेका हुन् । एक घन्टी सर्भिसेसका प्राविधिक प्रदीप खड्काले योगेश भट्टराई, खगराज अधिकारीलगायत थुप्रै नेताले यो सेवा लिइसकेको न्युज कारखानालाई जानकारी दिए । 

‘यो भर्खर भर्खर सुरु भएको छ । एमालेमा सञ्जीव रोकाहाले फस्ट प्रयोगमा ल्याउनुभयो,’ उनले भने । 

पहिलोपटक प्रयोग गरेका इन्जिनियर रोकाहाले मतदाताहरुमा सहज ढंगबाट सन्देश पुर्‍याउन यो प्रविधि उपयोगी भएको बताए । ‘सबै प्रतिनिधिलाई व्यक्तिगत रूपमा फोन गर्न सम्भव भएन । त्यसैले सफ्टवेयरबाट एकैपटक सन्देश जाने प्रभावकारी माध्य भएकाले प्रयोग गरे । प्रतिनिधिहरूले यो रुचाउनुभयो । हाम्रो ट्रायलपछि अरु नेता कार्यकर्ताले पनि प्रयोग गरिरहेका छन्,’ उनले भने ।    

प्रतिनिधिहरूका अनुसार महाधिवेशनमा मत माग्न मिसकल एलर्ट, ओबीडी बल्क एसएमएसहरू आइरहेका छन् । उनीहरूको अनुभवमा यसपटक सबैभन्दा बढी सम्भावित उम्मेदवारले धेरै भन्दा धेरै एसएमएस पठाएका छन् । 

महाधिवेशन प्रचार प्रसार समितिका अनुसार उम्मेदवारहरुले डिजिटल ब्यानर र भिडियो सन्देश पनि प्रवाह गरेका छन् । आफ्नो उम्मेदवारी सामाजिक सञ्जालबाट घोषणा गर्ने क्रम पनि छ । लाइभमा आएर घोषणा गर्ने प्रयोग पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प काठमाडौँको तापक्रम आज यस वर्षकै कम नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ मदुरोमाथि ट्रम्पको दबाब महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा तनहुँ जिल्ला प्रशासन : तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट