मङ्सिर १२, काठमाडौं | नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् ।
एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् ।
ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ ।