२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोट हाल्ने/नहाल्नेको सूची बाँडेको विषयमा औपचारीक उजुरी आएको छैन : निर्वाचन समिति

२०७८, १४ मंसिर मंगलवार ०४:५९

मंसिर १४, चितवन, न्युज कारखाना | नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । उम्मेदवारहरू मत माग्नमा व्यस्त छन् । यसबीचमा उम्मेदवार र तीनका प्रतिनिधिहरूले भोट हाल्ने र नहाल्ने उम्मेदवारहरूको सूची तयार गरेर बाँडिरहेका छन् । ओली पक्षको उम्मेदवारहरूले भीम रावल पक्षका उम्मेदवारलाई भोट नहाल्न सूची नै बनाएका छन् ।

कतिपय उम्मेदवारले निर्वाचन आचारसंहिताविपरित पर्चा पनि बाँडिरहेका छन् । अध्यक्ष पदका उम्मेदवार भीम रावलले आचारसंहितविपरित आफूहरूलाई भोट नहाल्न भन्दै पर्चा बाँडेको थाहा पाएपछि आपत्ति जनाएका छन् ।  

भोट हाल्ने र नहाल्ने उम्मेदवारको सूची बनाएर बाँडेको विषयमा कुनै औपचारीक उजुरी नआएको निर्वाचन समितिका सदस्य बाबुराम दाहालले बताए । 

‘हाम्रो परिसरमा देखेका जतिलाई निषेध गरेका छौँ र जफत पनि गरेका छौँ । बाहिर कहाँ के भइरहेको छ भनेर हामीकहाँ औपचारीक रूपमा उजुरी आएको छैन’, उनले भने । बाहिर गएर हेर्दा धेरै पर्चा बाँडेको र बदमासी गरेको नदेखिएको उनले दाबी गरे । 

भिजिटिङ कार्डको साइजमा हुने गरी प्रचारको कार्ड बनाउन दिइएको तर त्यो भन्दा ठूलो साइजलाई निषेध गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ