२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेष राशी भएकालाई आज आकस्मिक अर्थलाभ हुने, तुलालाई चन्द्रमाकाे साथ

२०७८, १५ मंसिर बुधबार ०५:०२

 मंसिर १५, काठमाडौं | आजको पात्रो : १५  मंसिर, बुधबार । तद्अनुसार १ डिसेम्बर । मार्गशीर्ष कृष्णपक्ष द्वादशी तिथि, चित्रा नक्षत्र, सौभाग्य योग, चन्द्रमा तुला राशिमा छ । आज सूर्योदय बिहान ६ः३८ मिनेटमा र सूर्यास्त पाँच बजेर ६ मिनेटमा हुनेछ ।

बुधबारको दिन घर, गृहस्थीका काम गर्दा शुभ हुनेछ । आज राहुकाल समय ११ः५४ देखि १ः१३ सम्म छ । १०ः२५ देखि ११ः५४ सम्म अभिजित मुर्हूत छ । आर्थिक कारोबारका लागि बुधबार निकै राम्रो मानिन्छ । आजको देवता ब्रह्मा र ग्रहदेव शुक्र छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने सम्भावना छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । मित्रजन र घरपरिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका काम सम्पन्न हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्‍याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफूले गरेको गल्तीको समीक्षा गर्नुपर्ने हुन्छ । आफन्तजनबाट अपमान हुनसक्छ ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आज यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययनअध्यापनका काममा लाग्नु बेस हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईँमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईँका लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ ।  मित्रमण्डलीको र परिवारको साथ पाउने योग छ । तपाईँले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । मनमा अनेन कुरा नखेलाउनु होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोच लिनु बेस हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।  

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । चन्द्रमाको साथ छ, त्यसैले तपाईँले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईँको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईँले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : व्यापारबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । आजको दिन कन्यालाई भोजन र दान दिनुभएकामा तपाईँको उन्नति र प्रगतिको बाटो खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईँले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच विवाद हुनसक्छ त्यसैले वादविवादमा नफस्नु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाईँ आफू बसेको स्थान नजिकको मठमन्दिर वा देवालयमा जानु बेस हुनेछ । तपाईँका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले तपाईँको कामको अबमूल्यन गर्नसक्छन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  स्वास्थ्यमा समस्या छ भने पनि निको हुँदै जानेछ । बिहान सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्टिनु  पर्ने हुनसक्छ । आजको दिन तपाईँले हरेक काममा सर्तकता अपनाउनुहाेला । आफूले गरेको कामबाट तपाईँलाई निकै सन्तुष्टि मिल्नेछ । त्यसैले कुनै पनि काममा धैर्यताको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने