२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिपी मैनालीप्रति प्रचण्डको कटाक्ष : राप्रपाको अध्यक्ष हुन लागेको भए शुभकामना

२०७८, १५ मंसिर बुधबार ०९:१२

मंसिर १५, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा मालेका महासचिव सिपी मैनालीप्रति कटाक्ष गरेका छन्। बुधवारदेखि काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन उद्घाटन समारोहमा प्रचण्डले राप्रपाको अध्यक्ष हुन लागेको भए बधाई छ भन्दै मैनालीप्रति कटाक्ष गरेका हुन्।

प्रचण्डअघि उद्घाटन समारोहलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा गरेका थिए। उनले राजा महेन्द्र राष्ट्रवादी भएको बताएका थिए। उनले नेपालका विभिन्न समयमा भएका परिवर्तनमा विदेशी एजेन्डा पनि सँगै आएको तर्क गरेका थिए। २०६३ मा माओवादी शान्ति प्रक्रियामा आउँदा पनि भारतका केही एजेन्डा बोकेर आएको मैनालीको जिकिर थियो। आफूले पहिला राजाको विरोध गरेर गल्ती गरेको उनको भनाइ थियो।

मैनालीभन्दा पछि शुभकामना मन्तव्य दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राप्रपासँग आफ्नो मत नमिले पनि दुवै राष्ट्रवादी भएकाले एउटै गोत्रका भएको बताए। हालै चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनलाई लक्षित गर्दै उनले पार्टी तीन टुक्रा बनाएर एकताको महाधिवेशन भनिएको बताए। ‘राप्रपाका तपाईंहरू तीन जना अध्यक्षहरू सँगै भएर एकता महाधिवेशनको नाम दिनुभयो। तपाईंहरूले जे भन्नुभयो त्यही गर्नुभयो तर यहाँ त पार्टी तीन टुक्रा भएका बेला पनि एकता महाधिवेशन गरेको देखियो,’ प्रचण्डले भने।

त्यसपछि उनले सिपी मैनालीलाई जवाफ फर्काए। ‘म उहाँले भने जसरी त भन्न सक्दिनँ। तर उहाँले नै हो हिजो राजाको विरोध गर्नुपर्छ भनेर टाउको काट्न सकिएको,’ प्रचण्डले भने,‘आज त उहाँले यसरी भन्नुभयो कि मानौं राप्रपाको अध्यक्ष नै हुन लाग्नुभयो। त्यस्तो हो भने उहाँलाई शुभकामना छ। प्रचण्डले हिजोका दिनमा राष्ट्रलाई स्वतन्त्र राख्न नेपालीले देखाएको वीरता र त्यसलाई नेतृत्व गरेका राजा-महाराजामा गर्व गर्न सकिने भए पनि एक्काइसौं शताब्दीमा लोकतन्त्रको परिभाषा बदलिसकेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने