२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाण्डे समूहले गर्‍यो विवेकशील साझाको आमसभा बहिष्कार

२०७८, १८ मंसिर शनिबार ०७:४२

मंसिर १८, काठमाडौं | विवेकशील साझा पार्टीले आयोजना गर्न लागेको आमसभा र पार्टी एकीकरण घोषणासभा पार्टीका संयोजक मिलन पाण्डे समूहले बहिष्कार गरेको छ। काठमाडौंमा आज पहिलो पटक विवेकशील साझाले आमसभा गर्न लागेको हो। तर, पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक रञ्जु दर्शना, युवा संगठनका महासचिव सरोज गौतम लगायतले उक्त आमसभा बहिष्कार गरेका हुन्।

विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते गरेको थियो। उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने पार्टीको छ। पाण्डे पक्षले आज एकीकरण गर्ने दुई ‘अपरिचित’ समूह पनि व्यवस्था विरोधी रहेको र राजसंस्था, हिन्दू राज्य र संघियता खारेजीको मुद्दाको वकालतकर्ता रहेको बताउँदै त्यसले पार्टीमा विरोध बढ्दै गएको बताएको छ।

पार्टीमा रवीन्द्र मिश्रले संघीयता खारेजी, धर्मको नाममा राजनीति गर्ने एजेन्डा र गणतन्त्र विरोधी प्रस्ताव ल्याएपछि पार्टीमा विवाद आएको हो। पार्टी संयोजक मिलन पाण्डे, संसदीय दलका नेता रमेश पौड्याल, शीर्ष नेता केशव दाहाल, बागमती प्रदेश संयोजक तथा चर्चित नेतृ रञ्जु दर्शना, संस्थापक नेता पुकार बम, अन्तर्राष्ट्रिय संयोजक सुरेश भट्ट, सचिवालय सदस्य तथा अर्थविद् आशुतोष तिवारी, युवा संगठनका महासचिव सरोज गौतम लगायत अधिकांश संस्थापक नेताहरूले रवीन्द्र मिश्रले लिएको मार्ग परिवर्तन विचारमा विमति राखेर पार्टी फुटको संघारमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ