२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजतन्त्र फर्काउन गठबन्धन तोड्ने चलखेल हुँदैछ : महरा

२०७८, १८ मंसिर शनिबार ११:१२

मंसिर १८, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले माओवादीहरू एक भएअघि बढ्ने बेला आएको बताएका छन्। शनिवार माओवादी केन्द्र सिद्धार्थनगर नगर कमिटीको अधिवेशनमा नेता महराले प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी एक भएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्यका लागि छलफल भइरहेको पनि बताए।

‘माओवादी विभाजित भएर होइन एक भएर लाग्नुपर्छ,’ महराले भने, ‘हिजोसँगै रहेका बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरूसँग सहकार्य गरी एक भएर अगाडी बढ्ने गरी छलफल भइरहेको छ।’ देशलाई नयाँ ऊर्जा र सन्देश दिने समय आएको उनले बताए। महराले नेपालको वर्तमान राजनीतिमा दुई धुव्र देखा परेको बताए। प्राप्त उपलब्धिको रक्षा गर्नका लागि संविधान जोगाउनुपर्छ भन्ने र अर्को उपलब्धि उल्टाएर राजतन्त्र ल्याउने धुव्रमा राजनीति विभाजित भएको उनले बताए।

‘हामी संविधानले प्रदान गरेका उपलब्धिहरू जोगाउने पक्षमा छौं, तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन्,’ महराले भने। उपलब्धि रक्षा गर्ने शक्तिका रूपमा रहेको पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्तिसमेत लागि परेको उनले बताए। नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै संविधान निमोठ्ने र उपलब्धी उल्ट्याउने शक्तिको नेतृत्व गरेको उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने