2026-10-26 02:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा बलात्कार आरोपमा नेपाली सहित ६९ बिद्यार्थी समातिए, समातिएका मध्य अधिकांश नेपाली

अर्जुन बराल | मङ्सिर २०, दक्षिण कोरिया | दक्षिण कोरियाको ख्याङ्गवनदो प्रान्तको एक बिद्यालयमा माध्यामिक तहमा पढ्दै गरेकि एक स्थानीय छात्रा माथि यौनशोषण गरेको आरोपमा ६९ जना बिदेशी बिद्यार्थीलाई प्रहरीको अन्तराष्ट्रिय क्राईम टिमले गतहप्ता देखि नियन्त्रणमा लिदै आरोपित सबैलाई कोरिया छाड्न बन्देज लगाई छानबिन गरिरहेको बिषयमा यहाँका मिडियाले प्राथमिकताका साथ समाचार छापिरहेका छन् ।

ख्याङ्गवनदो मै रहेको युनिभर्सिटी सहित थप अन्य युनिभर्सिटीमा अध्ययनरत कुल ६९ बिदेशी बिद्यार्थी मध्य अधिकांश नेपाली सहित बंगलादेश, उज्जेबिकिस्तान, भारतबाट अध्ययनका लागि आएका बिद्यार्थी सँगै रोजगार प्रक्रिया प्रणाली(ईपियस) मार्फत कोरिया प्रबेश गरेका कामदार र युनिभर्सिटीको अध्ययन पुरा गरि कामको खोजीमा रहेका समेत संलग्न रहेको बुझिएपनि कोरियाली कानुन अनुसार अनुसन्धानकै क्रममा रहेको बिषयलाई बाहिर ल्याउनु उपयुक्त नहुने प्राबधानका कारण उनीहरु सबैको बिबरण गोप्य राखिएको छ । कोरियाको प्रचलित कानुनले तोकेको उमेर नपुगेको युवतीसँग बिभिन्न प्रलोभन देखाई सम्बन्ध कायम राखेको आरोपको आधारमा समातिएका सबैजनालाई बेश्याबृति तथा यौन दुब्र्यबहारको आरोपमा पक्राउ गरि अनुसन्धानको दायरामा राखिएको छ भने दक्षिण कोरियाको राष्ट्रिय सभाले गतबर्ष मात्र १३ बर्षबाट बढाएर १६ बर्ष भन्दा कम उमेरका बालबालिकासँग यौन सम्बन्ध राख्नुलाई बलात्कारको रुपमा ब्याख्या गरिने कानुन परिमार्जन गरेको थियो ।

सामाजिक संजालको माध्यमबाट परिचित भएका युनिभर्सिटी अध्ययनरत बिदेशी बिद्यार्थीले ति छात्रालाई बिभिन्न प्रलोभनमा पार्नुको साथै छात्रा नावालिका हुन, उनीसँग सम्बन्ध राख्नु गैह् कानुनी हो भन्ने जान्दाजान्दै गतबर्षको डिसेम्बर महिनादेखि यौनसम्बन्ध कायम गरेको समेत बुझिएको छ भने छात्राले अगष्ट महिनामा आफ्नो शिक्षकलाई घटनाका बिषयमा बताएपछि मात्र प्रहरीले जानकारी प्राप्त पश्चात तिब्र रुपमा घटनालाई अनुसन्धान मार्फत अगाडी बढाएको छ ।

त्यस्तै छात्रा माथि बिदेशी बिद्यार्थीबाट भएको गम्भिर यौन अपराधमा संलग्न अपराधीलाई सार्बजनिक गरी कडा कार्बाही गर्न राष्ट्रपति मुन जे ईन समक्ष पब्लिक पिटिशन दायर गरि राष्ट्रपति कार्यालयको वेभसाईटमा समेत दबाब स्वरुप अपराधीलाई कडा कार्बाही सहित सार्बजनिक गर्न अठ्ठाईस हजार भन्दा बढीले हालसम्म हस्ताक्षर गरिसकेका छन् भने दबाब स्वरुपको हस्ताक्षरको संङख्या अत्यधिक बढ्ने देखिन्छ । दक्षिण कोरियाको कानुन अनुसार कुनैपनि बिषयमा दुईलाख जनताको समर्थन सहित जुनसुकै बिषयमा माग राखेमा राष्ट्रपति कार्यालयले सार्बजनिक गराउँनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने