Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दैलेखमा यात्रुवाहक बस दुर्घटना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा ब्रेक फेल हुँदा दुर्घटना भएको छ।

स्थानीयका अनुसार बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको हो। दुर्घटनाबाट मानवीय क्षति नभए पनि यात्रुहरू घाइते भएका छन्।

इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली पुग्दै गरेकोले घाइतेहरूको संख्या र अवस्थाबारे यकिन हुन नसकेको हो। घाइतेहरूमा ४ जना महिला, २ पुरुष र २ बच्चालाई एम्बुलेन्सबाट प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि पठाइएको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख टोप बहादुर महताराले जानकारी दिए।