मंसिर २२, काठमाडौँ | नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट महामन्त्रीमा तीन जनाले दाबी गरेका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेताहरु बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउदले महामन्त्रीको दाबी गरेका हुन्।
आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोज्दै बूढानीलकण्ठस्थित निजी निवासमा देउवाले आफूनिकट नेताहरूसँग छलफल गरिरेका छन् । उक्त छलफलमा उनीहरुले महामन्त्रीमा दाबी गरेका हुन् ।
उनले कुन पदमा उठ्न चाहनुहुन्छ भनेर सोध्दा उनीहरुले महामन्त्रीमा दाबी गरेकाे जनाइएकाे छ। एउटै पदमा धेरै जनाकाे दाबी गरेपछि कसलाई उम्मेदवार उठाउने भन्ने सकस पर्न थालेकाे छ।