२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा एकै दिन ५१ हजार जना सङ्क्रमित !

२०७८, २३ मंसिर बिहीबार ०६:२४

एजेन्सी | बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ। बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन ५१ हजार  भन्दा बढी कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले  लामो समयपछि यति धेरै सङ्क्रमित भएका पनि जनाएका छन् । 

बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा यहाँ बुधबार मात्र ५१ हजार ३०० भन्दा बढी सङ्क्रमित देखिएका हुन् । सो विज्ञप्तिमा उल्लेख गरिएअनुसार पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसबाट ५१ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

अघिल्लो हप्ता सङ्क्रमित केही घटेका थिए । तर बुधबार भने यहाँ यतिधेरै संक्रमित देखिएका बताइएको हो । यो समेत गरी बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड ६ लाखभन्दा बढी पुगेको छ । 

बेलायतमा सोमबार मात्र १६१ जना सङ्क्रमणबाट मृत्यु भएको छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये नौ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँ १६ वर्षमाथिका करिब सबै नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् ।

तर पनि पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ सङ्क्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने