मंसिर २३, काठमाडौं | नेपाली काँग्रेसको पदाधिकारी संख्या थप्ने तयारी गरिएको छ। भोलिबाट सुरु हुन लागेको १४औं महाधिवेशनमा नेताहरूको व्यवस्थापन हेरेर प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले खुला सहमहामन्त्री थप्ने तयारी गरेका हुन्।
अहिले काँग्रेसमा ८ जना सह महामन्त्री छ। खुला २ जना सह महामन्त्री थपेर १० बनाउन लागिएको हो। १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति सदस्यको आज बस्ने अन्तिम बैठकमा देउवाले पदाधिकारी संख्या थप गर्ने प्रस्ताव लैजाने तयारी भइरहेको छ।
जस कारण बिहीबार बिहान साढे ११ बजे बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन। विधान संशोधन गरेर सह महामन्त्री थप गर्ने देउवाको तयारीमा असहमति जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा नजाने भएका बताइएको छ।