२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शेखरलाई नेताहरुको चोटिलो प्रश्न ! तपाईंले मात्रै जित्न सक्नुहुन्छ ?

२०७८, २३ मंसिर बिहीबार ०९:५९

मंसिर २३, काठमाडौं | कांग्रेसको संस्थापनइत्तर पक्षमा सभापतिको साझा उम्मेदवार चयन गर्नका लागि नेताहरूबीच रस्साकस्सी चलिरहेको छ । आकांक्षी नेताहरू आफ्नो पक्षमा माहोल बनाउन दौडधुप गरिरहेका छन् । केही दिन यता नेताहरू रातदिन छलफलमा छन् । तर, सहमति जुट्न सकेको छैन ।

सभापतिका लागि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच रस्साकस्सी चलेको छ । महामन्त्री शशांक कोइरालाले भने आफू नै सभापतिको उम्मेदवार हुनुपर्छ भन्ने दाबी नरहेको भनिसकेका छन् ।

सभापतिका आकांक्षी नेता शेखर कोइरालाले बिहीबार विहान जिल्ला र प्रदेशका नेताहरूसँग अलग्गै छलफल गरेका छन् । उनले जिल्लाका नेताहरूको सुझाव र सल्लाह लिएका थिए । ‘धेरै साथीहरूले साझा उम्मेदवार बनाऔँ, त्यो साझा उम्मेदवार तपाईं बन्नुभयो भने जित्न सकिन्छ भन्ने धारणा राख्नुभयो, कतिपयले मध्यमार्गी बाटोबाट एकताकै बाटो रोज्नुपर्ने भन्नुभयो,’ एक जिल्लाका सभापतिले भने, ‘समग्रमा सहमति र एकताको विकल्प छैन, हामीले त्यही सुझाव दिएका छौँ ।’

छलफलमा नेता कोइरालाले भने देशभरका साथीहरूको सुझावले झन् उत्साह मिलेको भन्दै सभापतिमा दाबी नछाड्ने बताएका थिए । बिहान मात्रै वरिष्ठ नेता पौडेलको निवासमा पुगेर ‘सिंहले माने आफूले छोड्ने, नभए आफूलाई सघाउन’ भनेका थिए ।

ती जिल्ला सभापतिका अनुसार शेखरले प्रकाशमानले मान्दै नमानेको अवस्थामा पनि आफू उम्मेदवारीबाट पछि नहट्ने बताएका थिए । ‘मैले सभापतिको दाबी छाडेको छैन, छाड्दिनँ,’ शेखरको भनाइ उदृत गर्दै ती सभापतिले भने, ‘हामीले पनि उहाँलाई सकेसम्म आफ्नो नाममा सहमति जुटाउने प्रयास गर्न आग्रह गर्‍यौँ ।

नेता सिंहले आफूबाहेक अरू कसैका लागि पनि नछोड्ने बताएपछि संस्थापनइतर पक्षमा एकताको प्रयासमा लागेका नेताहरू नै एकताको सम्भावना कमजोर बनेको भन्न थालेका छन् । ‘हाम्रो प्रयास एकता मात्रै होइन, जित निकाल्ने गरीको एकताको प्रयास हो, तर मिलाउन कहाँ सजिलो छ र ?,’ बिहीबार बिहान बत्तीसपुतलीमा छलफलपछि एक केन्द्रीय सदस्यले भने, ‘हाम्रो प्रयास जारी छ, तर सम्भावना भने कमजोर बन्दैछ ।’

ती नेताले आकांक्षी नेताहरूको हठका कारण समस्या उत्पन्न भएको बताए । ‘सबैलाई चाहिएको छ, सबैलाई सभापति नै हुनुपर्नेछ, कोही सामुहिक एकतामा विश्वास गर्न सक्ने अवस्थामा छैनन्,’ ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल