२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नाडा निर्वाचन ! कति मत खस्यो ?

२०७८, २३ मंसिर बिहीबार ११:३६

मंसिर २३, काठमाडौं | नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २ हजार ७८८ मत खसेको छ । नाडामा भएका सदस्यमध्ये करिब ३०० मतदाता मतदानमा सहभागी भएनन् ।

मतदान सकिएसँगै अब केही बेरमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । नाडाको नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुव थापाले प्यानलसहित प्रतिस्पर्धा गरेका छन् । १८ सदस्यीय नयाँ कार्यसमितिका लागि ३६ जनाको उमेदवारी परेको छ ।

करण चौधरीको प्यानलबाट अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, नीलमणि पाठक, पंकज अग्रवाल, राजेन्द्र अग्रवाल रहेका छन् । यस्तै, वर्ण न्यौपाने, सुनील रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराईले प्रतिस्पर्धा गरेका छन् ।

ध्रुव थापाको प्यानलबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक अग्रवाल, कपिल शिवाकोटी, शुभाशिष थपलिया, अमरज्योति रञ्जित रहेका छन् । यस्तै, बीएन पाठक, दीपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल, प्रदीपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बीएस कंसाकार र सञ्जयकुमार खेतानले प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ