२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस सभापतिमा प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता !

२०७८, २५ मंसिर शनिबार ११:०८

मंसिर २५, काठमाडौं | नेपाली काँग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। शुक्रबार उद्घाटन भएको काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भइराखेको छ। पार्टी सभापतिसमेत रहनुभएका देउवाले १४ औँ महाधिवेशनमा पुनः सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रधानमन्त्री देउवाभन्दा अगाडि काँग्रेस सभापतिको रुपमा कल्याण गुरुङ, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गरिसकेका छन्। शनिबार बिहान १० बजेदेखि उम्मेदवारीको मनोनयन पत्र दर्ता सुरु भएको हो। निर्वाचन समितिको कार्यतालिका अनुरुप उम्मेदवारी दर्ता भइराखेको छ।

देउवा समूहले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको नाम फाइनल भएको नेता गोपालमान श्रेष्ठले जानकारी दिए। देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनेछन्।

त्यस्तै सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी र मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने टुँगो लागेको छ। सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ