एजेन्सी | इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा ५.६ म्याग्निच्युडको भूकम्प गएको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएको छ। बिहिबार भूकम्प जाकार्ता समय (0426 GMT) ११:२६ मा गएको थियो।
मालुकु बरात दया जिल्लाको १६३ किलोमिटर दक्षिण९पश्चिममा केन्द्रबिन्दु र समुद्रको तल २६ किलोमिटर गहिराइमा रहेको एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार सुनामीको खतरा भने प्रक्षेपण गरिएको छैन।