२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेदरल्याण्ड्समा लकडाउन घोषणा !

२०७८, ४ पुष आईतवार ०६:५४

एजेन्सी | नेदरल्याण्ड्समा लकडाउन घोषणा गरिएको छ। नेदरल्याण्ड्सले ओमिक्रोन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर लकडाउन घोषणा गरेको हो।

प्रधानमन्त्री मार्क रुटेले गैर-आवश्यक पसलहरू, बारहरू, जिम हेयर ड्रेसरहरू र अन्य सार्वजनिक स्थानहरू कम्तिमा जनवरी १४ सम्म बन्द हुने घोषणा गरेका हुन्। प्रधानमन्त्री रुटेले प्रतिबन्ध आइतबारदेखि लागु हुने जानकारी दिँदै लकडाउन गर्न अनिवार्य रहेको बताएका छन्।

युरोपभरका देशहरूले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तिब्र गतिमा फैलिएपछि प्रतिबन्धहरू कडा गर्दै आएका छन्।

नयाँ नियम अन्तर्गत, मानिसहरूलाई सकेसम्म घरमा बस्न आग्रह गरिएको छ। त्यस्तै भेट्न सक्ने मानिसहरूको संख्यामा कडा सीमाहरू राखिने, मानिसहरू घरमा भेट्न जान १३ वर्ष र माथिका दुई अतिथिहरूलाई अनुमति दिइने, २४/२६ डिसेम्बरमा र नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिनमा चार जनालाई अनुमति दिइने बताइएको छ।

अन्त्येष्टि, किराना सामान बेच्ने साप्ताहिक बजार र दर्शक बिना व्यावसायिक खेलकुद खेलहरू बाहेक अन्य कार्यक्रमहरूलाई अनुमति दिइएको छैन। रेस्टुरेन्टहरूले टेकवे खानाहरू बेच्न जारी राख्न सक्ने बताइएको छ। सबै विद्यालयहरू कम्तिमा ९ जनवरीसम्म बन्द रहनेछन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने