२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मनीमा कोरोनाका नयाँ नियमविरुद्ध हजारौंको प्रदर्शन !

४ पुष २०७८, आईतवार ०७:३६

एजेन्सी | जर्मनीमा सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध बृहत प्रदर्शन भएको छ । 

फ्रान्कफर्ट, ह्यामबर्ग, फ्राइबग र डसेलडोर्फलगायतका धेरै प्रमुख सहरहरूमा हजारौं मानिसहरूले सरकारले लगाएको कोरोना भाइरस नियमहरू विरुद्ध प्रदर्शन गरेका हुन् । क्रिसमसको मुखैमा अनावश्यक तरिकाले कोरोना भाइरस नियन्त्रणका नाममा नियमहरु लादेको भन्दै सर्वसाधारण विरोधमा उत्रेका हुन् । खोप र जर्मन सरकारको कोरोना भाइरस नीतिहरूका विरोधीहरूले प्रदर्शनको आयोजना गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरुले अनिवार्य खोप सम्बन्धी नियमको समेत विरोध गरेका छन् । प्रदर्शनमा सहभागीहरुले अनिवार्य गरिएको मास्क समेत लगाएका थिएनन् । 

जर्मनीले बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ । तर कोही अभिभावक खोपका पक्षमा छन् भने कतिपयले यसको विरोध गरेका छन् । सरकारले अनिवार्य खोप नीति लागू गर्ने चर्चा चलेपछि खोप विरोधीहरुसमेत यो नितिका विरुद्ध उत्रिएका छन् । 

जर्मनीमा स्वास्थ्य नियम लागू भएसँगै हरेक हप्ता जस्तै विरोध प्रदर्शनहरु हुँदै आएका छन् । बर्लिनका अधिकारीहरूले प्रदर्शनमा प्रतिबन्ध लगाएका छन् । प्रदर्शनकारीहरूले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने लगायतका कोरोना भाइरस नियमहरू उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाइएको हो । 

तर जर्मनीमा प्रहरीको निषेधाज्ञालाई तोड्दै धेरै पटक प्रदर्शन र भेलाहरु हुँदै आएका छन् । जर्मनीमा युरोपेली योजना अनुसार तुलनात्मक रूपमा खोप लगाउनेको दर कम छ । कुल जनसंख्याको ७० प्रतिशतले मात्र भाइरस विरुद्ध खोप लगाएको छ । यसमा दुबै मात्रा लगाउनेहरुको संख्या अझै कम रहेको छ । 

जर्मनीमा महामारी शुरु भएदेखि करिब ६० लाख ७६ हजारमा कोरोना संक्रमित भैसकेको छ । करिब एक लाख आठ हजारको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ