2026-06-17 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीकाे विधान संशोधन गरिँदै : पदाधिकारीकाे संख्या बढाउने तयारी

2021-12-19

पुस ४, काठमाडौँ | नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुष ११–१३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदासम्म माओवादीले पार्टीको केन्द्रीय पदाधिकारी कति हुने भन्ने टुंगो भने लगाइसकेको छैन ।

राष्ट्रिय सम्मेलनले नै पदाधिकारीको टुंगो लगाउने माओवादी संसदीय दलका प्रमुख सचेतक तथा स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । उनका अनुसार हाल विधानमा ५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी ५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ।

स्थायी कमिटी सदस्य लिलामणि पोखरेलका अनुसार माओवादीकाे विधान संशोधनको तयारी भइरहेको छ । बहुपदमा जाने र पदाधिकारीको संख्या ११–१५ सदस्यीय हुन सक्ने उनले बताए ।

माओवादीले विधान संशोधन गरेर प्रदेशमा पनि ९ सदस्यीय पदाधिकारी बनाएको छ । जस अनुसार अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन उप–सचिव, एक कोषाध्यक्ष रहेका छन् । अब केन्द्रको पदाधिकारीको पनि विधान संशोधन गर्न लागेको उनले बताए।

तर केन्द्रमा कुन–कुन पद बनाइने भन्नेबारे टुंगाे लागिसकेकाे छैन । प्रदेशको व्यवस्थामा महासचिव थपिने र अरु पदमा पदाधिकारीको संख्या बढ्न सक्ने नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ