२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिटौलाको निवास पुगेर विश्वप्रकाशले लिए आशीर्वाद

४ पुष २०७८, आईतवार ११:०४

पुस ४, काठमाडौँ | नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ नेता कृष्णप्रसाद सिटौलालाई भेटेका छन्। सिटौला निवास चण्डोल पुगेर शर्माले आशीर्वाद लिएका हुन्। भेटमा सिटौलाले विगतका कुरा बिर्सेर अघि बढ्न शर्मालाई सुझाएका छन्।

‘हिजो जे-जे भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नु भन्नुभयो,’ नवनिर्वाचित शर्मानिकट एक नेताले भने, ‘महामन्त्री मात्रै होइन, त्योभन्दा माथिको जिम्मेवारीमा पुग्नु। देशकै नेतृत्व गर्ने ढंगले अघि बढ्नु मेरो शुभकामना छ।’

चण्डोलस्थित सिटौला निवासमा पुगेर शर्माले भेट गरेको तस्बिर आइतबार मात्रै सार्वजनिक भएको छ। महामन्त्री शर्माले आफू र नेता सिटौलाबीच शनिवार भेट भएको पुष्टि गरेका छन्। उनले शनिवार सिटौलासँगै प्रधानमन्त्री एवं नवनिर्वाचित सभापति शेरबहादुर देउवा, नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्का र नेता रामचन्द्र पौडेलसँग पनि भेट गरेको जानकारी दिए।

महामन्त्रीमा निर्वाचित भएकै दिन उनले नेता प्रकाशमान सिंहसँग चाक्सीवारिमा भेट गरेका थिए। यसअघि १४ महाधिवेशनमा सिटौलाले शर्मालाई असहयोग गरेको कुरा आएको थियो। सिटौलाले सभापति शेरबहादुर देउवासँग तालमेल गरेर प्रदीप पौडेललाई महामन्त्रीमा अघि सारेपछि शर्माले प्रकाशमान सिंहसँग मिलेर उम्मेदवारी दिएका थिए।

शर्मा र सिटौलाको गृह जिल्ला एउटै हो। दुवै जना झापाका हुन्। काँग्रेसको राजनीति सिटौला शर्माभन्दा निकै सिनियर हुन्। १२ औं महाधिवेशनबाट काँग्रेस महामन्त्री बनेका सिटौला १३ औं महाधिवेशनमा सभापतिका उम्मेदवार थिए भने शर्मा यसपालि महामन्त्री निर्वाचित भएका छन्। एउटै जिल्लाका भए पनि सिटौला र शर्माबीचको सम्बन्ध सौहार्दपूर्ण थिएन। तर, निर्वाचित भएपछि शनिवार भेट्न पुगेपछि शर्मालाई सिटौलाले आशिर्वादसहित टीका र खादा लगाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन