पुस ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तागठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठक सुरु भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
संसद अवरोध र एमसीसीलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शनिबार सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भए पनि संसदमा रहेका अन्य दलका नेताहरुले भने सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी केन्द्रलगायतका दलहरु सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा छन्।