पुस ७, काठमाडौँ | नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरेको छ। पुस ११ देखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय सम्मेलनको लोगो आज सार्वजनिक गरिएको हो।
सम्मेलनमा वैचारिक र राजनीतिक बहस हुने प्रवक्ता कृष्णबहादुर महराले बताए। अध्यक्ष प्रचण्डले सम्मेलनको डकुमेन्ट लेखिरहेको र त्यसमा छलफल हुने उनले बताए।
महराका अनुसार प्रज्ञा भवनमा लगभग एक हजार पाँच सय प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाउने, आकाशे पुलमा ब्यानर टाँग्न थालिएको छ।
महाधिवेशनमा प्रदेशबाट आठ सय तीनजना प्रतिनिधि, आयोजक एक सय र थप ६९ जना, सल्लाहकार एक सय ४९, केन्द्रीय विभागबाट एक सय दुई, पार्टीका विभिन्न आयोगबाट ७५, ज्येष्ठ नागरिक मञ्चबाट एक सय २५ र केन्द्रीय प्रतिनिधि २७ जना रहनेछन्।