पुस १०, काठमाडौँ | नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा १ बजे बस्ने तय भएको छ। आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रस्ताव लगायत आसन्न राष्ट्रिय सम्मेलनका विषयमा छलफल हुने छ। बैठकमा स्थायी समिति सदस्यहरूले दिएको सुझावको आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिइने तयारी छ।
शुक्र बाह्रको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीलाई बढाएर १५ सदस्य बनाउन प्रस्ताव गरेका थिए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आइतबार सुरु हुँदैछ।