पुस १०, काठमाडौँ | नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) गलपासो बन्दै गएको छ । सत्तामा रहेका बेलामा पास गर्छुभन्ने दलले बाहिर बसेर विरोध गर्ने गरेका छन् भने सत्तामा रहेका दलहरुबीचमा पनि एक मत नहुँदा एमसीसी अहिले नेपालक लागि नै गलपासो बन्ने सम्भावना देखिएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले भने, “एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।”
गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्स कर्पोरेशन परियोजना (एमसिसी) लाई टुङ्गोमा पु¥याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छ । गोरखा उद्योग वाणिज्य सङ्घको १६औँ अधिवेशनको उद्घाटन गर्न आएका उनले पत्रकारसँगको भेटमा एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए ।