४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीले विभिन्न वामपन्थी पार्टीसँग एकता गर्ने

११ पुष २०७८, आईतवार ०५:०७

पुस ११, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न वामपन्थी पार्टीसँग एकता हुन लागेको बताएका छन्। दाङमा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलामा नेपालले साना वामपन्थी दलहरूसँग एकताको घोषणा गर्ने तयारी रहेको जानकारी दिए।

अहिले तत्काल ठुला पार्टीसँग एकताको सम्भावना नरहेको उनले बताए। ‘तत्काल कुनै पनि ठुला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन,’ उनले भने, ‘तर, साना केही दलहरूसँग केही दिनमा एकता भएको सुन्नुहुनेछ, हामीले यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीसँग एकताको घोषणा गर्दैछौं ।’

एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै नेपालले आन्दोलन सफल पार्न साना कम्युनिष्ट घटकहरूसँग एकता गर्न लागेको बताए। ‘स-साना कम्युनिष्ट पार्टीहरू हामीसँग एकीकृत हुन चाहिरहेका छन्,’ उनले भने, ‘हामीले पनि देशका विभिन्न ठाउँमा छरिएका शक्तिलाई एकताबद्ध बनाउन चाहिरहेका छौं।’

नेपालले पाँच दलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहेको पनि बताए। ‘हामी पाँच दलीय गठबन्धनले नै राष्ट्रियसभामा साझा उम्मेदवार बनाएर जानेछौं,’ उनले भने, ‘स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ