2026-09-28 07:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा

2026-06-13

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतसँगको सीमानाबारे प्रधानमन्त्री बालेन शाहले संसदमा बोलेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धारणा मागेका छन्। रास्वपा सभापति रवि लामिछानेलाई खुला पत्र लेखेर अध्यक्ष साम्पाङले नेपालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।

‘मिति २०८३-२-१७ गते बसेको प्रतिनिधि सभाको वैठकमा तपाइँको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधान मन्त्री बालेन्द्र शाहले साम्सदहरुले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु भएको सम्बन्धमा तपाइँको पार्टीको आधिकारिक धारणा के हो सो सार्वजनिक गरिदिन यो खुल्ला पत्र मार्फत अनुरोध छ,’ अध्यक्ष साम्पाङले फेसबुकमा सार्वजनिक गरेको पत्रमा भनिएको छ।

प्रधानमन्त्री बालेनले प्रतिनिधि सभा बैठकमा भारतसँगको सीमानाबारे त्यस्तो अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले संसद अवरोध गरेका थिए। उनीहरूले प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने र उनले संसदमै उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका थिए।

बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले यसबारेमा संसदबाट जबाफ दिएपछि विपक्षी दलहरूको अवरोध हटेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह