2026-06-17 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको महाधिवेशनमा कार्कीको पुरक प्रस्ताव

2021-12-28

पुस १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रस्ताव पेस गरेका छन्। नेता कार्कीले पूरक प्रस्तावमा पार्टी निर्वाचन लड्ने र सरकार बनाउने गतिविधिमा बन्धक बन्न नहुने उल्लेख गरेका छन्।

नीति निर्माणमा उत्पीडित हिस्साको सुनिश्चित नभएकाले संघीयता बुख्याँचा हुने खतरा रहेको उनले औँल्याए। कार्कीले भनेका छन्, ‘निर्धन जनप्रतिनिधिहरू करोडौंका गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन।’ संघीयताले बजेटको हिस्सा स्थानीय तहमा ल्याएर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन नसक्दा आधारभूत तहका जनताको निगरानी विकास निर्माणमा कायम नभएकाले संघीयता बुख्याँचा सावित हुने खतरा रहेको उनको भनाइ छ।

‘संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा ल्यायो। तर, त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन,’ कार्कीले भनेका छन्, ‘मजदुर किसान आधारभूत तहका जनताको निगरानी ती विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म संघीयता जनतालाई पीडा प्रदान गर्ने बुख्याँचा सावित हुनेछ।’ नीति निर्माणमा उत्पीडित हिस्साको सहभागिता सुनिश्चित गराउन संघीयता ल्याए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको कार्कीको मत छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ