2026-06-16 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा रहेका सबैलाई खोप लगाउन सरकारको आग्रह, कहाँ-कहाँ छ खोप केन्द्र ?

पुस १४, काठमाडौँ | सरकारले  कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका सबैलाई सूचना जारी गर्दै भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ र ललितपुरमा बिहान १० देखि ३ बजेसम्म र भक्तपुर बिहान १० देखि १ बजेसम्म खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ र ललितपुरमा ११/११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ ।

काठमाडौँमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शहीद मेमोरियल अस्पताल कलङ्की, लोत्से भवन नयाँ बसपार्क, वीरअस्पताल, बयोधा अस्पताल, निजामति कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक कोटेश्वरमा खोप लगाइदै छ ।

यस्तै भक्तपुरमा नेपाल कोरियामैत्री अस्पताल ठिमी र खोपः अस्पताल च्यामसिंह तथा ललितपुरमा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैबु स्वास्थ्यचौकी, बज्रवराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्यचौकी, लेले स्वास्थ्य प्राथमिक केन्द्र, लुभू प्राथमिक स्वास्थ्य केन्द्र, इमोडोल स्वास्थ्यचौकी, भट्टेडाँडा स्वास्थ्यचौकी, चौघरे स्वास्थ्यचौकी र गोटीखेल स्वास्थ्यचौकीमा पनि खोप लगाइँदै छ । सरकारले नियमितरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ