2026-06-16 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका प्रकाशित गर्ने तयारी

2021-12-30

पुस १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ।केन्द्रीय निर्वाचन आयोगद्वारा केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने छ।

बन्दसत्रमा पार्टी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र देवप्रसाद गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिएलगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए। आयोगका अध्यक्ष श्रेष्ठका अनुसार आज निर्वाचन कार्यतालिका प्रकाशित हुनेछ।

आयोगका अध्यक्ष श्रेष्ठले भने, ‘मतदाता नामावली पनि सम्भव भएसम्म आजै प्रकाशित गर्छौं।भोलि शुक्रबार उम्मेदवारी दर्ता गर्ने गरी तयारी भइरहेको छ। मतदान गर्नुपर्ने अवस्था आएमा भोलि नै मतदान हुनेछ।’

माओवादीको अन्तरिम विधानले प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ। माओवादीको ८ औँ महाधिवेशनमा करिब १ हजार ७ सय प्रतिनिधि सहभागी छन्।

माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ।

केन्द्रीय समितिमा चयन भएकाहरूले पदाधिकारीको लागि उम्मेदवारी दिने र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरूले पदाधिकारीका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था माओवादीको विधानमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ