पुस २१, सुदूरपश्चिम (रासस) । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । 

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २१, सुदूरपश्चिम (रासस) । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । 

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा ब"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तराईमा शीतलहर : जनजीवन कष्टकर, किसानलाई बाली जोगाउन समस्या

२१ पुष २०७८, बुधबार ०९:५६

पुस २१, सुदूरपश्चिम (रासस) । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सुदूरपश्चिमको तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । 

विगतमा जस्तै यस वर्ष पनि यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्लामा बाक्लो हुस्सु र कुहिरोसँगै चल्न थालेको शीतलहरले यस क्षेत्रका जनजीवन कष्टकर बनेको छ । हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढेको कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ । चिसोबाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने बढी प्रभावित भइरहेका छन् ।

पहाडका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला तराईका कैैलाली, कञ्चनपुर जिल्ला कुहिरो र हुस्सुले ढाकिएका छन् । घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन सुकाउन र धोएका लुगा सुकाउनसमेत समस्या देखिने गरेको छ । केही दिनदेखि धनगढी विमानस्थलबाट हुने हवाई सेवा पनि प्रभावित भइरहेको छ ।

‘‘हुस्सु र कुहिरोका कारण भिजिविलिटी नहुँदा काठमाडौँ–धनगढीको हवाई सेवा प्रभावित भइरहेको छ,’’ विमानस्थल कार्यालयका प्रमुख रामकृष्ण भट्टले भन्नुभयो, ‘‘विमानस्थलबाट सुदूरपश्चिमका पहाडी क्षेत्रमा हुने हवाईसेवा पनि हुनसकेको छैन ।’’ लामो अवधिसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतको बाली नष्ट हुने समस्या पनि किसानले झेल्दै आएका छन् । 

पछिल्ला दशकमा आलु, गोलभेँडालगायत तरकारी खेती व्यावसायिक रुपमा भइरहे पनि बर्सेनि देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन मुस्किल हुने गरेको किसानको अनुभव छ । यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यसमुनि गोलभेँडालगायतको तरकारी खेती गर्ने गरेका छन् । टनेलको व्यवस्थापन गर्न नसक्नेलाई विषादी छर्किनुपर्ने हुन्छ । तर प्रत्येक सात/आठ दिनको फरकमा विषादी छर्किन सकेमा मात्र बाली जोगाउन सकिने भएपछि आलु गोलभेँडालगायत बालीमा किसानको खर्च बढ्ने गरेको छ । ढुसीनाशक विषादी छर्केर बाली बचाउन सकिने सल्लाह प्राविधिकले दिने गरेका छन् । 

एउटै बालीमा पटक–पटक विषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई आफ्नो बाली जोगाउनै मुस्किल छ । पटक–पटक विषादी छर्किदा लागत खर्च धेरै पर्ने गरेको गुनासो उनीहरुको छ । रातिको तापक्रम तीन डिग्री सेल्सियस भन्दा तल जाने  र आद्रता बढ्न गई शीत पर्ने र चिसो मौसमको सुषुुप्त अवस्थामा रहने ढुसी सक्रिय हुने भई बोटमा डढुवा रोगको सङ्क्रमणको समस्या देखिने गरेको कृषि प्रविधिक बताउँछन् ।

  लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो मौसम भइरहँदा ओसिलो जग्गामा गरिएको आलु गोलभेँडा लगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताउनुभयो । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसी नाशक विषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगबाट बाली बचाउन सकिने उहाँको भननाइ छ । रोग लाग्ने सम्भावना देखिएमा भने बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रणबाट बाली जोगाउन सकिने उहाँले बताउनुभयो । 

डढुवा रोगको समस्या बढ्दै जाँदा कैलाली र कञ्चनपुर जिल्लाको ठूलो क्षेत्रफलमा गरिने तोरी बालीको क्षेत्रफल पछिल्ला दशकमा घट्दै गएको छ । ढुसीको सङ्क्रमण तोरीबालीमा छिटो बढी असर पु¥याउने गरेको बताइएको छ । धनगढी उपमहानगरपालिका—१३ का किसान गुलाब रानाथारुले बर्सेनि हुने डढुवा रोगकै समस्याका कारण आफूले तोरी खेती गर्न छाडेको बताउनुभयो । ‘‘पहिले आफ्नो पूरै खेतमा तोरी लगाथ्याँ’’, उहाँले भन्नुभयो, ‘‘त्यसपछिका वर्षमा भने डढुवा रोगको प्रकोप देखिँदा यो बाली लगाउन छाड्नु प¥र्याे ।’’ 

‘‘पहिले गाउँमा यति बेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गथ्र्यो’’, ६५ वर्षीय रानाथारुले भन्नुभयो, ‘‘आफ्नै उमेरमा मौसममा आएको परिवर्तन देख्दा अनौंठो समय आएको अनुभव भएको छ ।’’ ढुसी रोगको समस्या बढ्दा तोरी बालीको विकल्पमा अधिकांश किसान धान र गहुँखेती गरेर चित्त बुझाइरहेका छन् । तर छाडा छाडिएका पशु चौपायाले बाली नष्ट गर्दा यो बाली जोगाउन पनि किसानले हैरानी खेप्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण