पुस २६, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा  पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू पाँच लाखभन्दा बढी आम्दानी ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा  पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू पाँच लाखभन्दा बढी आम्दानी ग"/>
2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

रोगले सुन्तलाको बगैँचा मासिएपछि उत्पादनमा कमी

पुस २६, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा  पकेट क्षेत्रमा सूचिकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै बाँकी रहन थालेकोे छ । सुन्तला बिक्रीबाट मात्रै वार्षिक रू पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका– ११ साविक चिती–२ स्याउत गाउँका रमेशराज पन्तको सुन्तला बचैँचाबाट विगतमा वार्षिक रु चार लाखभन्दा बढी आम्दानी हुन्थ्यो तर रोगले सुन्तला बचैँचा मासिँदै जादा केही वर्षदेखि वार्षिक रू ४०÷५० हजार मात्र आम्दानी हुन थालेको उहाँको गुनासो थियो । यसवर्ष पनि सोही हाराहारीमा आम्दानी भयो । कृषक पन्तले भन्नुभयो, “धेरै स्याहार सुसार र मलजल गरेर मुस्किलले २५/३० वटा बोट जोगाइएकाले अहिलेसम्म आम्दानी लिइरहे पनि बगैँचा भने मासिने क्रममा छ ।

पन्तको भन्दा फरक छैन सुरेशबाबु पाण्डेको पीडा पनि । सोही गाउँका सुन्तला किसान पाण्डेले केही वर्षदेखि सुन्तलाको बोटले फल दिन छाडेको बताउनुभयो ।  सोह्र÷सत्र वर्षअघिबाट करिब ४०० रोपनीमा तीन सयभन्दा बढी बोटले फल दिँदै आएको र यसबाट बर्सेनि रू तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरे पनि केही वर्षदेखि भने  ती सुन्तलाका बोट मर्दै जाँदा यतिबेला सबै बोट रोगले सखाप भइसकेको छ । उहाँले भन्नुभयो, “अहिले त परिवारले खाने पनि सुन्तला छैन ।” अर्का किसान कृष्णप्रसाद पन्तले भन्नुभयो, “गाउँभरिबाट बर्सेनि रू दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुन्थ्यो र त्यस रकमबाट यहाँका बासिन्दाको  जीवनयापनमा ठूलो सहयोग पुगेको थियो तर अहिले गाउँभरिबाट रू १५/१६ लाख  आम्दानी पनि मुस्किलले भएको छ ।’’

गाउँमा रहेका करिब ८० घरधुरले नै विगत लामो समयदेखि सुन्तला लगाउँदै आए पनि सुन्तलाको बोटमा रोग लागेपछि अधिकांशको सुन्तला मरिसकेको छ । तेह्र वर्षको अन्तरालमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको जरा मर्ने, पात सुक्ने, हाँगा सुक्दै जाने, साना दाना लाग्ने र कम फल्नेजस्ता समस्या किसानले झेल्दै आएका थिए तर  समस्या समाधान गर्न नसक्दा गाउँभरिका सुन्तला बगैचा सखाप भइसकेको अर्का किसान उत्तमराज पाण्डेको भनाइ थियो । 

कत्ले कीरा, पँतेरोलगायत कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाईन(उत्पादनमा ह्रास हुने रोग) र  ग्रिनिङ भाइरसजस्ता रोग लागे पनि  गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपु¥याएकाले सुन्तला बगैँचा मासिँदै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताउनुभयो ।  

साविकको जिल्ला कृषि विकास कार्यालयमा पकेट क्षेत्रमा सूचीकृत साविक चितीको स्याउत गाउँ बाहेक करापुटारको बेतिनी, तार्कुको गहते, भोर्लेटारको लामासोती, भोटेओडार, उदीपुरको घिमिरे गाउँलगायत क्षेत्रमा रोग लागेर सुन्तलाका बोट मर्दै गएपछि बगैंचा पनि मासिँदै हो । लमजुङमा उत्पादन भएका सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा राम्रो खपत हुँदै आएको थियो तर सुन्तला उत्पादनमा कमी हुँदै जाँदा जिल्लामै पनि पु¥याउनका लागि मुस्किल हुन थालेको सम्बद्ध किसानको भनाइ थियो । जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा घट्दै गएर ६०० हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै  थियो  । 

गतवर्ष ३०२ हेक्टर जमिनमा सुन्तला लगाइएकामा  २१३ हेक्टर जमिनमा सुन्तला उत्पादन भएको केन्द्रले जनाएको छ । यसवर्ष २२५ हेक्टर जमिनमा सुन्तला लगाइएकामा  १८० हेक्टर जमिनमा  मात्र उत्पादन भएको केन्द्र प्रमुख खतिवडाले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा एक हजार ४२४ मेक्ट्रिटन सुन्तला उत्पादन भएकामा यस आर्थिक वर्ष एक हजार २४० मेक्ट्रिटन सुन्तला उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल