पुस २९, चन्द्रौटा | शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । 

सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, चन्द्रौटा | शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । 

सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन"/>

2026-10-31 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कुखुरापालनमा रमाउँदै, गाउँघरमा भविष्य देख्दै कुँवर दम्पती

पुस २९, चन्द्रौटा | शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । 

सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन् ।

गतवर्ष बैकबाट रु २५ लाख कर्जा लिएर सुरु गरेको स्थानीय जातको कुखुरापालन व्यवसायबाट कुँवर दम्पतीले आफ्नो भविष्य खोजिरहेका छन् । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ”, उहाँले भन्नुभयो । यहाँका नागरिकले स्थानीय जातका कुखुरा बढी मन पराउँछन् । तर पछिल्लो समय स्थानीय जातका कुखुरा गाउँघरमासमेत पाउन छाडेका छन् । गाउँमा पनि उन्नत जातको कुखुरा पाउन थालेपछि रैथाने स्थानीय जातको कुखुरापालनमा कमी हुँदै आएको छ । 

यसैलाई दृष्टिगत गरेर कुँवर दम्पतीले अहिले १७ कट्ठा जग्गा वार्षिक ३० हजारको दरले भाडामा लिएर स्थानीय जातका कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । “अहिले सुरुको चरणमा छ, धेरै आम्दानी गर्न सकेको छैन”, कुँवर भन्नुभयो, “यो व्यवसायबाट आफू सन्तुष्ट हुने रहर छ, ।”  उहाँको फार्ममा अहिले स्थानीय जातका एक हजार ६०० कुखुरा र ३०० बट्टाई ३०० छन् । दैनिक रूपमा २०० अण्डा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म आठ लाखको कुखुरा बिक्री गरेको उहाँको भनाइ छ । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो, “पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच बनाएको छु ।” उहाँलाई श्रीमती सुनिता कुँवरलगायत अन्य दुई जना कामदारले व्यवसायमा सघाउँछन् ।

कुखुरापालनबाट आम्दानी राम्रो हुने भएपनि किसानलाई केही जटिल समस्या रहेको सुनिता कुँवरले बताउनुभयो । कुखुरा चरन, औषधि उपचार, खोर व्यवस्थापन वा सुधार तथा तारबारको समस्या रहेको उहाँको भनाइ छ । हालसम्म आफूले कुनै निकायबाट सहयोग प्राप्त गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । “कुखुरापालन व्यवसायमा पनि किसानलाई अनुदान दिने भन्ने कुर सुनेको छु”, उहाँले भन्नुभयो, “ तर आफूले अहिलेसम्म कुनै अनुदान वा सहयोग पाउन सकेको छैन् ।” 

धेरै लगानीबाट नै आफूले यो व्यवासय सुरु गरेको उहाँको भनाइ छ । चरनको लागि तारबारमा सहयोग पाएमा केही सहज हुने उहाँले बताउनुभयो । “अहिले नेट जालीबाट काम चलाउने गरेको छु”, उहाँले भन्नुभयो, “तारबार भएमा कुखुरा चरनमा धेरै सहजता आउने थियो । यसका लागि सरकारी निकायबाट सहयोग पाएमा आफू खुसी हुने थियौँ ।” 

घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ । “अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय जातका कुखुरापालनमा विस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको कुँवरको भनाइ छ । अण्डा रु १८ र एक साताको चल्ला रु १५० मा बिक्री हुँदै आएको छ । 

कुँवर दम्पतीले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुसी छन् । मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले ती दम्पतीको प्रशंसासमेत गर्न थालेका छन् । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने ती दम्पतीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना