पुस २९, चन्द्रौटा | शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । 

सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २९, चन्द्रौटा | शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । 

सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन"/>

2026-09-12 07:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कुखुरापालनमा रमाउँदै, गाउँघरमा भविष्य देख्दै कुँवर दम्पती

पुस २९, चन्द्रौटा | शिवराज नगरपालिका–१ का धर्म कुँवर दम्पतीको हिजोआज कुखुरा रेखदेख र सुसारमा दैनिकी बित्छ । 

सवारी चालकको रहर त्यागेर व्यावसायिक कुखुरापालन रोज्नुभएका उहाँले गाउँघरमा भविष्य देखिरहेका छन् ।

गतवर्ष बैकबाट रु २५ लाख कर्जा लिएर सुरु गरेको स्थानीय जातको कुखुरापालन व्यवसायबाट कुँवर दम्पतीले आफ्नो भविष्य खोजिरहेका छन् । “परिश्रम गरे यही सफल हुन सकिन्छ भन्ने अठोटले व्यवसाय सुरु गरेको हुँ”, उहाँले भन्नुभयो । यहाँका नागरिकले स्थानीय जातका कुखुरा बढी मन पराउँछन् । तर पछिल्लो समय स्थानीय जातका कुखुरा गाउँघरमासमेत पाउन छाडेका छन् । गाउँमा पनि उन्नत जातको कुखुरा पाउन थालेपछि रैथाने स्थानीय जातको कुखुरापालनमा कमी हुँदै आएको छ । 

यसैलाई दृष्टिगत गरेर कुँवर दम्पतीले अहिले १७ कट्ठा जग्गा वार्षिक ३० हजारको दरले भाडामा लिएर स्थानीय जातका कुखुरापालन व्यवसाय सुरु गरेका हुन् । “अहिले सुरुको चरणमा छ, धेरै आम्दानी गर्न सकेको छैन”, कुँवर भन्नुभयो, “यो व्यवसायबाट आफू सन्तुष्ट हुने रहर छ, ।”  उहाँको फार्ममा अहिले स्थानीय जातका एक हजार ६०० कुखुरा र ३०० बट्टाई ३०० छन् । दैनिक रूपमा २०० अण्डा उत्पादन हुने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म आठ लाखको कुखुरा बिक्री गरेको उहाँको भनाइ छ । “यसअघि दुई लट कुखुरा बेचियो, राम्रो आम्दानी भयो”, उहाँले भन्नुभयो, “पछिल्लो समय उचित मूल्य र बजारको सुनिश्चितता भएमा व्यवसायमा लगानी बढाउने सोच बनाएको छु ।” उहाँलाई श्रीमती सुनिता कुँवरलगायत अन्य दुई जना कामदारले व्यवसायमा सघाउँछन् ।

कुखुरापालनबाट आम्दानी राम्रो हुने भएपनि किसानलाई केही जटिल समस्या रहेको सुनिता कुँवरले बताउनुभयो । कुखुरा चरन, औषधि उपचार, खोर व्यवस्थापन वा सुधार तथा तारबारको समस्या रहेको उहाँको भनाइ छ । हालसम्म आफूले कुनै निकायबाट सहयोग प्राप्त गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । “कुखुरापालन व्यवसायमा पनि किसानलाई अनुदान दिने भन्ने कुर सुनेको छु”, उहाँले भन्नुभयो, “ तर आफूले अहिलेसम्म कुनै अनुदान वा सहयोग पाउन सकेको छैन् ।” 

धेरै लगानीबाट नै आफूले यो व्यवासय सुरु गरेको उहाँको भनाइ छ । चरनको लागि तारबारमा सहयोग पाएमा केही सहज हुने उहाँले बताउनुभयो । “अहिले नेट जालीबाट काम चलाउने गरेको छु”, उहाँले भन्नुभयो, “तारबार भएमा कुखुरा चरनमा धेरै सहजता आउने थियो । यसका लागि सरकारी निकायबाट सहयोग पाएमा आफू खुसी हुने थियौँ ।” 

घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको सङ्ख्या पनि बढ्दो छ । “अहिले गाउँगाउँबाट पनि चल्लाको माग आइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीय जातका कुखुरापालनमा विस्तारै आकर्षण बढ्दैछ ।” स्थानीय जातका कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । ज्यूँदो कुखुरा प्रतिकिलो रु ८०० मा बिक्री हुने गरेको कुँवरको भनाइ छ । अण्डा रु १८ र एक साताको चल्ला रु १५० मा बिक्री हुँदै आएको छ । 

कुँवर दम्पतीले घरमा बसीबसी उद्यम गरेको देख्दा आफन्त, छिमेकी औधि खुसी छन् । मेहनत र लगावका साथ व्यावसायिक कुखुरापालनमा लागेपछि वरपरका धेरैले ती दम्पतीको प्रशंसासमेत गर्न थालेका छन् । लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग पाउनुपर्ने ती दम्पतीको माग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस