2026-09-12 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

१४५ कृषकलाई ८१ लाख अनुदान

माघ ४, बागलुङ | कृषि ज्ञान केन्द्र बागलुङले कृषकले लगाएको फलफूल तथा तरकारी खेतीको क्षेत्रफलका आधारमा अनुदान दिन सुरु गरेको छ । गण्डकी प्रदेशकोअन्तर्गत बजेटबाट १४५ कृषकलाई चालु आर्थिक वर्ष २०७८/७९ स्वीकृत गरेको अनुदानमध्ये २३ कृषकका फार्मलाई क्षेत्रफलका आधारमा अनुदान स्वीकृत गरेको छ ।

केन्द्रले क्षेत्रफलका आधारमा अनुदानसँगै कृषिमा यान्त्रिकीकरण, रैथाने बाली प्रवद्र्धन, स्थानीय कृषि उपज सङ्कलन केन्द्र (हाटबजार), फलफूल बगैँचा सुधार, साना सिँचाइ कार्यक्रम र फलफूल नर्सरी स्थापनाका लागि १४५ कृषक, फार्म, सहकारी तथा समूहलाई रु ८१ लाख ७५ स्वीकृत भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्रले क्षेत्रफलका आधारमा यस वर्ष २३ कृषकलाई रु आठ लाख अनुदान दिन थालेको छ । “कृषकले खाली जग्गामा लगाएको तरकारी तथा फलफूललाई प्रतिरोपनी रु तीन हजारका दरले अनुदान, टनेलभित्र लगाएपछि १०० वर्गफिटको रु तीन हजारका दरले अनुदान दिन थालेका छौँ”, भट्टराईले भन्नुभयो, “अनुदानमा लापरवाही नहोस् भन्नका लागि तरकारी तथा फलफूल लगाएको क्षेत्रफल नापेर अनुदान दिन थालिएको हो । यससँगै जिल्लाका चार स्थानमा कृषि उपज सङ्कलन केन्द्र, ६८ जनालाई कृषियन्त्र, रैथाने बाली प्रवद्र्धन, फलफूल नर्सरी स्थापना र फलफूल बगैँचा सुधारलगायत कार्यक्रमका ११९ किसान, फार्म, सहकारी तथा समूहलाई अनुदान दिन थालिएको छ ।”

अहिले अनुदानका लागि धमाधम सम्झौता भइरहेको छ । गण्डकी प्रदेश सरकारको बजेटअन्तर्गत अनुदान दिने कार्यक्रम सुरु भए पनि सङ्घीय सरकारका लागि अनुदान स्वीकृतका लागि फार्म, सहकारीहरूको अध्ययन भइरहेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी तथा बागबानी विकास अधिकृत कुमार पुन मगरले जानकारी दिनुभयो ।  

मगरका अनुसार फलफूल नर्सरी तथा स्रोत केन्द्र स्थापनाका सिगानाको गाउँबेँसी पोल्टीफार्म, तित्याङको गैराफाँट फलफूल तथा नर्सरी, जैमिनीको पाही कृषि तथा पशुपक्षी फार्म र कुडुलेको कुडुले कृषि फार्मलाई रु एक लाख ५० हजारका दरले अनुदान स्वीकृत गरिएको, रैथाने बाली प्रवद्र्धनका लागि विनियोजन भएको रु चार लाख बजेटबाट रेशको बैनथाना कृषि समूह, लेखानीको पसल टोल कृषक समूह, गलकोटको घुम्टे महिला कृषक समूह, गकोटकै व्यावसायिक कृषि उत्पादन तथा वितरण केन्द्र र ढोरपाटनको सिमलचौर कृषि तथा पशुपक्षी कृषक समूहले अनुदान पाएका छन् । 

यस्तै रु १५ लाख बजेट विनियोजन भएको कृषि उपज सङ्कलन केन्द्रबाट चार समूहले अनुदान पाएका छन् । अनुदान पाउनेमा गुहेली सञ्चार सहकारी, देवीस्थान बहुउदेश्यीय सहकारी, गणेश कृषि सहकारी र दगातुन्डाँडा कृषि सहकारीलाई स्वीकृत गरिएको छ । यस्तै साना सिँचाइ कार्यक्रमअन्तर्गत विनियोजन भएको रु ३६ लाख  बजेटबाट २६ समूहले रु ५० हजारदेखि दुई लाखसम्मको अनुदान पाउने भएका छन् । 

यस्तै व्यावसायिक फलफूल बगैँचा सुधार कार्यक्रमअन्तर्गत १५ किसानले रु २५ हजारका दरले अनुदान पाउन थालेका छन् । यस्तै कृषि यन्त्रिकीकरणअन्तर्गत मिनीटेलर हलो, कुटानी पिसानी र  कटरलगायतमा अनुदान दिन थालिएको छ । वास्तविक किसान, यसअघि अनुदान नपाएका, व्यावसायिकरूपमा सफल भइसकेका जस्ता मापदण्डका आधारमा योजना स्वीकृत गरेर अनुदान दिन थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन