2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पशु स्वास्थ्य संरक्षण कार्यक्रम

माघ १०, तनहुँ | भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लामा पशु स्वास्थ्य संरक्षण कार्यक्रम लागू भएको  जनाएको छ । पशु स्वस्थ नहुँदा उत्पादनमा ह्रास आउन थालेपछि यस कार्यक्रमलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाइएको हो ।

पशुमा रोग लाग्दा १५ देखि २० प्रतिशतसम्म प्रजनन क्षमतामा कमी हुने एक अध्ययनले देखाएको हुँदा पशुलाई स्वस्थ्य राख्न विभिन्न किसिमका रोगविरुद्धको खोप दिन लागिएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । मानव  स्वास्थ्यसँग पनि उत्तिकै सरोकार रहने र करिब ६० प्रतिशत रोग पशुबाट मानिसमा सर्ने भएकाले नेपाल सरकारले वातावरण, पशु र मानवबीच एक स्वास्थ्य रणनीति नै पारित गरिसकेको छ । 

जिल्लाका पाँच पालिकाका गरी डेढ लाख बढी पशुलाई विभिन्न किसिमका खोप निःशुल्क रुपमा दिइनेछ । उहाँले भन्नुभयो, “गाईभँैसीलाई खोरेत,चर्चरे, भ्यागुते, सुँगुरमा खोरेत, स्वाइनफिबर, बाख्रामा पीपीआर, कुकुरमा रेबिज विरुद्धको खोप दिइनेछ ।’’ पृथ्वीराजमार्गअन्तर्गत पर्ने तनहुँको पूर्वीनाका आँबुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र पश्चिम नाकामा रहेको शुक्लागण्डकी नगरपालिका क्षेत्रमा पालिएका  पशुलाई खोप दिइनेछ । 

पूर्ण खोप अभियानअन्तर्गत पशुमा खोप लगाउन आवश्यक मात्रामा खोप उपलब्ध भइसकेको छ । उहाँले भन्नुभयो, “महामारी फैलिएको अवस्थामा अन्य पालिकालाई पनि सहयोग गर्न सकिने क्षमता रहेको छ ।’’ बन्दिपुर र व्यासको लागि कार्यक्रम गर्ने लक्ष्य रहेपनि अन्य तीन पालिका थप गरी पाँच पालिकामा पनि खोप लगाउनका लागि करिब ४५ जनशक्ति कार्यक्षेत्रमा खटाइसकिएको छ ।  गतवर्ष बन्दिपुर र व्यासका गरी एक लाख २४ हजार बाख्रामा पीपीआर विरुद्ध खोप लगाइएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द