झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को  उच्च जोखिम ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को  उच्च जोखिम ब"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मास्क बैंक पुनः सञ्चालनमा

२०७८, ११ माघ मंगलवार ०६:२३

माघ ११, झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई आजदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्वल समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताउनुभयो । उहाँका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको कार्य आजदेखि पुनः सञ्चालनमा आएको हो ।

बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थिए । सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदैछ ।

‘मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले बताउनुभयो । यो अभियानलाई सहयोग गर्न समेत उहाँले सबैलाई अपील गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन