२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

१२ माघ २०७८, बुधबार ०५:१३

माघ १२, दमक | जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो । 

वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताउनुभयो । 

दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमविन्दु दमक अस्पताल मानिन्छ । यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा खड्ग लिम्बूले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे