माघ १६, काठमाडौँ | राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् । यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
एमालेले निरन्तर अवरोध गर्दै आएपनि संघीय संसदको बैठक पनि प्रभावित हुँदै आएको छ । यही बीचमा कोरोना महामारी समेत फैलिएको अवस्थामा बैठक बस्न बस्न थप कठिनाइ भएको हो ।