९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सचिवालय बैठकमा खनालद्वारा नेपालको चर्को आलोचना

१० फाल्गुन २०७८, मंगलवार ०५:२३

फागुन १०, काठमाडौँ । आइतबार बिहान सत्तारूढ चार दलका शीर्ष चार नेताहरूबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसद्मा टेबल गर्न दिने सहमति भयो । शीर्ष चार नेतामध्ये एक जना हुन् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ।

सत्तारूढ चार दलका शीर्ष चार नेताहरूबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसद्मा टेबल गर्न दिने सहमतिपछि सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा टेबल गरे ।

पार्टी अध्यक्ष नेपालकै सहमतिमा टेबल भएको एमसीसीलाई लिएर सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले भने संसद् बैठकमै विरोध गरे ।

संसद्मा एमसीसी पेस गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता खनालले एउटा आर्थिक सम्झौताको विषयलाई लिएर देश र संसद् नै विभाजित भएको भन्दै पार्टीभित्र एमसीसी सम्झौता संसद्मा टेबल गर्न दिने विषयमा निर्णय नभएकोसमेत जिकिर गरे । साथै उनले महाशक्तिसँग झुकेर करार सम्झौतालाई पेस गरिएको आरोपसमेत लगाए ।

एसमीसीलाई लिएर सत्ताको एउटा घटक एकीकृत समाजवादीभित्र विवादले चर्कोरूप लिएपछि सोमबार बोलाइएको सचिवालय बैठकले भने एमसीसी सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एकीकृत समाजवादी स्रोतका अनुसार सचिवालय बैठक केही समयका लागि स्थगित गरी अध्यक्ष नेपाल र नेता खनालले ‘वान टु वान’ छलफल गरेका थिए । चर्कोरूपमा एमसीसीको विरोध गर्दै आएका खनालले सत्तारूढ गठबन्धनको बैठकमा टेबुल गर्न सहमति किन दिएको भन्दै अध्यक्ष नेपालसँग प्रश्नसमेत गरेका थिए ।

जवाफमा अध्यक्ष नेपालले टेबल गर्न दिए पनि पार्टी निर्णयअनुसार त्यसको विपक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका थिए । एमसीसीप्रति अध्यक्ष नेपाल नरम भएकोमा समेत नेता खनालले गुनासो गरेका थिए । नेपाल र खनालको छलफलपछि सो पार्टीले पुनः एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी