९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा ब्लड क्यान्सरपीडितलाई स्कुलद्वारा आर्थिक सहयोग

१६ फाल्गुन २०७८, सोमबार ०६:३०

फागुन १६, लमजुङ । लामो समयदेखि ब्लड क्यान्सरपीडित २९ वर्षीय विकास घिमिरेको उपचारका लागि न्यू इरा बोडिङ स्कुलले आर्थिक सहयोग गरेको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको उक्त स्कुलले आफ्ना विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चालकबाट आर्थिक रकम सङ्कलन गरी रु ४३ हजार ५०० घिमिरेको उपचारका लागि आइतबार साँझ आर्थिक सहयोग गरेको हो ।  

एक कार्यक्रमबीच उक्त रकम घिमिरेका बहिनी शर्मिला न्यौपानेलाई सो स्कूलका सञ्चालक किरण श्रेष्ठले हस्तान्तरण गर्नुभयो । विद्यालयका सञ्चालक श्रेष्ठले भन्नुभयो, “हाम्रा विद्यार्थीबाट रु पाँच हजार र अन्य बाँकी रकम शिक्षक, शिक्षिका, कर्मचारी र सञ्चालकबाट आर्थिक सङ्कलन गरेर घिमिरेको उपचारमा केही सहयोग पुग्ने अपेक्षाले सहयोग गरेका छौँ ।” 

पीडितकी बहिनी न्यौपानेले सहयोग गरेर दाईको उपचारमा सहयोग पुर्याएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । करिब ११ महिनाअघि बोनम्यारो प्रत्यारोपण गरिएकामा अहिले पुनःस्वास्थ्यमा समस्या आएकाले हाल सोही अस्पतालमा उपचार भइरहेको उहाँकी बहिनीले बताउनुभयो । 

हालसम्म रु ९६ लाख खर्च भइसकेको र अझै सोही हाराहारीमा रकम आवश्यकपर्ने अस्पतालले जानकारी दिएकाले आर्थिक अभाव भइरहेको परिवारको भनाइ छ । परिवार, आफन्त, विभिन्न व्यक्तिले गरेको सहयोगबाट उपचार गरे पनि फेरि उस्तै समस्या भएकाले सहयोग गरिदिनका लागि परिवारले अपिल गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु