१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह

१९ फाल्गुन २०७८, बिहीबार ०८:४४

फागुन १९, काठमाडौँ । सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् ।  आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् लामो समयसम्म सुचारु नहुँदा जनतामा संसद्प्रति नै नकारात्मक धारणा बन्न सक्छ भन्ने बारेमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठकले प्रमुख प्रतिपक्ष दललाई संसद्लाई सञ्चालन गर्न राष्ट्रका यावत समस्याको बारेमा संसद्मा छलफल गर्ने वातावरण तयार गर्नका निमित्त आग्रह गर्ने निर्णय गरेको छ ।”

लामो समयदेखि संसद् बैठक अवरुद्ध हुँदा संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमाथि छलफल हुन नसकेकाल संसद् बैठक सुचारु गर्ने सम्बन्धमा गम्भीर रुपमा छलफल भएको  नेपाली कांग्रेसका नेता समेत रहनुभएका मन्त्री कार्कीले बताउनुभयो ।

बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) संसद्बाट अनुमोदन भएपछिको विषयमा पनि छलफल हुनुका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसीलाई सबैको सहमतिमा अनुमोदन गर्नका निमित्त योगदान गर्नुभएका सबै दलका नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

मन्त्री कार्कीले यो गठबन्धन मुलुकमा सुशासन, स्थायित्व र विकासका लागि बनेको उल्लेख गर्दै गठबन्धन अझै अघि बढ्ने बताउनुभयो । साथै उहाँले एमसिसी अनुमोदन भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसिसीबाट जनतालाई रोजगार बनाउने बताउनुभयो । पाँच वर्षभित्रमा ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउन र यसलाई समयमा सम्पन्न गर्न गठबन्धन दलबीचमा अहिलेझैँ एकता अपरिहार्य रहेको मन्त्री कार्कीको  भनाइ थियो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाको संयोजनमा भएको बैठकमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामाजवादी पार्टी नेपालका शीर्ष नेताहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु